अछाममा बाढीको वितण्डा : चारको मृत्यु, १९ बेपत्ता

काठमाडौँ,३ भदौ । अछाममा बाढीले ठूलो वितण्डा मच्चाएको छ । रामारोशन गाउँपालिका स्थित कैलाशखोलामा आएको बाढीले बगाएर चार जनाको मृत्यु तथा १९ जना बेपत्ता भएका छन् ।

सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय दिपायलका अनुसार बाढीकै कारण रामारोशन गाउँपालिका–५ सैनीबजारमा रहेका कम्तीमा पनि ३० पसलहरु बगेका छन् ।

बाढीले बगेर बेपत्ता भएकाहरुको खोजीकार्यका लागि नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी तथा स्थानीयवासीको टोली बिहानैदेखि खटिएको प्रदेश प्रहरी कार्यालय दिपायलले जनाएको छ ।

Comments
Loading...