पोखरामा संक्रमित १६ जना सुरक्षाकर्मी

पोखरा,३ भदौ । पोखरा महानगरपालिका–७ मा आज साँझ संक्रमण पुष्टि भएका १६ जना सशस्त्र प्रहरी गण पार्दीमा कार्यरत सुरक्षाकर्मी रहेका छन् ।

गत महिना जिल्ला प्रहरी कार्यालय स्याङ्जामा कार्यरत प्रहरीमा सङ्क्रमण देखिएपछि उनीहरु पोखराबाट स्याङ्जामा डिउटीमा खटिएका थिए ।

स्याङ्जाबाट पोखरा आएर क्वारेन्टिनमा बसेका प्रहरी मध्य २९ जनाको नमूना सङ्कलन गरिएकामा १६ जनाको नतिजा पोजिटिभ आएको पोखरा महानगर स्वास्थ्य महाशाखाका अधिकृत हरिलाल आचार्यले जानकारी दिए । उनीहरु अहिले पनि क्वारेन्टिनमानै रहेका छन् ।

Comments
Loading...