यसवर्ष ढिकुरपोखरी तीज मेला नहुने

श्रीभद्र पौडेल ।
हेमजा,३ भदौ । कोरोना भाइरस(कोभिड १९)को बढ्दो संक्रमणलाई लक्षित गरी अन्नपूर्ण गाउँपालिका १, २ र ३ स्थित ढिकुरपोखरी युवा संजालले विगतदेखि गर्दै आएको तीजमेला यस वर्ष नगर्ने भएको छ।

कोरोना भाइरस संक्रमण समूदायस्तरमा फैलिदै गएको अवस्थालाई दृष्टिगत गर्दै विगत लामो समयदेखि सञ्चालित तीज मेलालाई यस वर्ष स्थगित गरिएको युवा संजालका अध्यक्ष सुशिल भट्टचनले जानकारी दिए ।

यस अघि तीज मेलाका अवसरमा खुल्ला फुटबल प्रतियोगिता, तीज गीत प्रतियोगिता, रस्साकस्सी, छेलो हनाई लगायत विभिन्न सास्कृतिक कार्यक्रम हुँदै आएका थिए।कोरोना संक्रमण फैलने मुख्य कारण हो, त्यसका साथसाथै मैदान निर्माण पनि भइरहेको छ अध्यक्ष भट्टचनले भनेका छन्।त्यहाँ तीजमेला सप्ताहव्यापी रुपमा हुँदै आएको थियो ।

Comments
Loading...