एक महिला नौ केजी चरेशसहित पक्राउ

काठमाडौँ,५ भदौ । प्रहरीले ठूलो परीमाणमा लागुऔषध सहित एक महिलालाई पक्राउ गरेको छ ।

लागूऔषध ९ किलोग्राम ३५० ग्राम चरेशसहित चन्द्रागिरी नगरपालिका–१२ बलम्बुबाट धादिङ गजुरी गाउँपालिका–८ की २२ वर्षीया पवित्रा थिङलाई बिहीबार राति पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

कोठाभित्र जेब्रा झोलामा लुकाएर राखेको अवस्थामा चरेशसहित थिङलाई पक्राउ गरिएको महानगरीय प्रहरु िवृत्त थानकोटका प्रहरी नायव उपरीक्षक घनश्याम श्रेष्ठले जानकारी दिए ।

पक्राउ थिङका श्रीमान् फुलबहादुर तामाङ भने फरार रहेका छन् । पक्राउ थिङमाथि लागूऔषध (नियन्त्रण) ऐन, २०३३ बमोजिम अनुसन्धान थालिएको वृत्तले जनाएको छ ।

Comments
Loading...