चाडपर्वका मौलिक पक्षलाई जीवित राखौँ, मितव्ययिता अपनाउऔ: मुख्यमन्त्री गुरुङ

पोखरा,५ भदौ। गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले साँस्कृतिक चाडपर्वहरु मनाइरहँदा यिनका मौलिक पक्षहरुलाई जीवित राख्न र मितव्ययिता अपनाउन आवश्यक रहेको बताएका छन् ।

हरितालिका तीज पर्वका अवसरमा आज एक शुभकामना सन्देश जारी गर्दै उनले स्वदेश तथा विदेशमा रहको सम्पूर्ण दिदीवहिनी तथा दाजुभाईहरुमा सुःख,शान्ति,समृद्धि सु–स्वास्थ्य एवं उत्तरोत्तर प्रगतिको शुभकामना समेत व्यक्त गरेका छन् ।

मुख्यमन्त्रीले तीज पर्वले समेत सबै जातजाति र समुदायबीच आपसी सद्भाव, साँस्कृतिक सहिष्णुता र सामाजिक एकता र समृद्ध नेपाल निर्माण गर्ने प्रेरणा सबैमा प्राप्त हुने विश्वास लिएको उल्लेख गरेका छन् ।

“पितृसत्तात्मक समाजले महिलामाथि थुपारेको भेदभाव,असमानता, भेदभाव र अत्याचारको विरुद्ध गीत सङ्गितको माध्यमबाट आवाज बुलन्द गर्न तीज पर्वको महत्वपूर्ण भूमिको र चाडले दिदीबहिनी तथा दाजुभाईकोबीचमा सौहार्दपूर्र्ण सम्वन्ध कायम गरेको छ ।” सन्देशमा भनिएको छ ।

नेपालमा मनाइने मौलिक चाडपर्वहरुले सामाजिक सद्भाव तथा साँस्कृति सह–अस्तित्व अभिवृद्धि गरी विभिन्न समुदाय र सम्प्रदायबीचको एकतालाई दरिलो बनाउनुका साथै राष्ट्रिय एकता सुदृढ गर्न मद्धत पु¥याउँदै आइरहेको चर्चा गर्दै मुख्यमन्त्रीे कोभिड–१९ सङ्क्रमण अझै पनि नहटेको हुँदा आवश्यक सुरक्षा र सजगता अपनाउन समेत आग्रह गरेका छन् ।

Comments
Loading...