सहकारीको ऐन र नियम परिवर्तन हुन्छ : सहकारी महाशाखा प्रमुख ढकाल

पोखरा, १७ साउन । भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय गण्डकी प्रदेश सहकारी विकास महाशाखा प्रमुख प्रेमप्रसाद ढकालले सहकारीको ऐन नियमलाई सम्शोधन गर्न आफू तयार रहेको बताएका छन् ।

लाखौ नागरिक जोडिएको सहकारीको उज्ज्वल भविष्य निर्माणमा आफू क्रियाशील भएर लाग्ने बताएका हुन् । सयपत्री बचत तथा ऋण सहकारी संस्था रानीपौवा पोखरा ११ को ११ औं स्थापना दिवस तथा ७ औं खुल्ला रक्तदान कार्यक्रमको उद्घाटन गर्दै प्रमुख ढकालले हरेक क्षेत्रमा सरकारले दिएको निर्देशन पालना गर्न सुझाए ।

नियामक निकायबाट चल्न सयपत्री सहकारीलाई अनुरोध गर्दै सामाजिक उत्तर दायित्वमा अग्रणी भूमिका खेलेकोमा खुसी व्यक्त गरे ।
प्रदेश मन्त्रालयले सहकारीमा जनअपेक्षा अनुरुप सहकारीलाई व्यवस्थित र परिमार्जित गर्दै लगिने बताए । सहकारीका कार्यवाहक अध्यक्ष भीमप्रसाद न्यौपानेको अध्यक्षतामा भएको कार्यक्रममा पोखरा १२ का अध्यक्ष रामबहादुर कार्कीले रगत अभावलाई सयपत्रीले पूर्णता दिएको बताए ।

कार्कीले स्थानीय तहले गर्न मिल्ने र गर्न सक्ने सबै कार्य गर्न वडा तयार रहेको बताए । सहकारीका सल्लाहकार माधवप्रसाद बास्तोला‘मधु’ले सयपत्री सहकारीले आर्थिक लाभमात्र नहेरी आम नागरिकको सेवामा लागेको बताए। रक्तदान कार्यक्रममा कावा अध्यक्ष न्यौपानले सयपत्री सहकारी चुस्त, दुरुस्त र पूर्ण नियमा चलेको बताए।

काहुँ देउराली सहकारी संस्थाका अध्यक्ष बोधराज घिमिरेले सयपत्री सहकारीले छोटो अवधिमा निक्कै राम्रो फड्को मारेको बताए । नेपाल रेडक्रस सोसाइटी क्षेत्रीय रक्त सञ्चार सेवा केन्द्रका प्रमुख अर्जुन ज्ञवालीले स्वस्थ मानिसले १७ वर्षदेखि ६० वर्ष उमेरसम्म रक्तदान गर्न सक्ने बताए ।
सयपत्री सहकारीका सचिव कृष्णप्रसाद आचार्यले सञ्चालन गरेको कार्यक्रममा नेफ्स्कुन पोखरा शाखाका प्रमुख ऋषवराज रेग्मीले सयपत्री सहकारी आर्थिक बृद्धिमा अब्बल रहेको बताए ।

कार्यक्रममा स्वागत गर्दै कार्यक्रम संयोजक वसन्तराज कोइरालाले सेयर सदस्यका हितमा रहेको सहकारीमा आवद्ध सबैले आर्थिक कारोबार गर्न अनुरोध गरे । सहकारीका कोषाध्यक्ष धर्मप्रसाद बास्तोलाले १२ करोड ३९ लाख ४६ हजार ५ सय सेयर पुँजी रहेको सयपत्रीमा १ अर्ब ७ करोड ६६ लाख ६१ हजार निक्षेप रहेको बताए ।

उनले १७ करोड ३२ लाख तरलता पुँजी रहेको बताउँदै १ अर्ब १२ करोड ३७ लाख कर्जा लगानी रहेको बताए । उनले ८ करोड ९ लाख १८ हजार जगेडा तथा अन्यकोष रहेको जानकारी दिँदै यस आर्थिक वर्षमा ५ करोड २७ लाख ९९ हजार खुद मुनाफा रहेको बताए । कार्यक्रममा सहकारीको ७ सिद्धान्त शिक्षा उपसमिति सदस्य प्रमिला श्रेष्ठले बाचन गरेको सहकारीका व्यवस्थापक विकास सुवेदीले जानकारी दिए । व्यवस्थापक सुवेदीले सहकारी मैत्री सेयर सदस्य रहेकाले सयपत्री सहकारीले आर्थिक फड्को मारिरहेको बताए ।

Comments
Loading...