हिल्लामे र धुल्लामे सडक ढलान भएपछि रुपा आँपू खोलाका बासिन्दाको मुहार खुशी

पोखरा,१७ साउन । गण्डकी प्रदेश सरकारले आर्थिक बर्ष २०७६–७७ मापहिलो पटक शुरु गरेको निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रमले रुपा आँपूखोलाका बासिन्दाको मुहारमा खुशी छाएको छ ।

रुपा गाउँपालिका वडानं ६ स्थानीय बर्षोदेखि हिल्लामे र धुल्लामे सडकमा हिड्न बाध्य भएकोमा गतआर्थिक बर्षको निर्बाचन पूर्वाधार कार्यक्रमबाट उक्त क्षेत्रका प्रदेश सांसद दीपक कोइरालाले रु २५ लाख बजेट विनियोजन गरेपछि स्थानीयले उपभोक्ता समिति मार्फत ३ सय ७० मिटर ढलानबाटो निर्माण गरेका हुन ।

उक्त बाटोको नेकपा गण्डकी प्रदेश सहइन्चार्ज तथा कास्की क्षेत्र नं १का सांसद खगराज अधिकारीले एक कार्यक्रमका बीच उद्घाटन गरे ।
पुर्वमन्त्री समेत रहेका अधिकारीले पार्टी के होला भन्ने बिषयमा चिन्ता नगर्न आग्रह गर्दै एकताबद्ध भएर जनताको सेवा निरन्तर लाग्न आग्रह गरे ।

स्थानीयलाई आफ्नै खुट्टामा उभिने गरि कृषि उत्पादन र पशुपालनमा लाग्न आग्रह गर्दे त्यहाँ उत्पादन भएका बस्तु बजार पठाउनुपर्ने बताए ।
गण्डकी प्रदेश सभा सदस्य एवं अर्थ तथा विकास समितिका सभापति दीपक कोइरालाले निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रमको औचित्य पुष्टि गर्ने काम आँपु खोलाका जनताले गरेको काम बाट पुष्टि भएको बताए ।

स्थानीय गाउँपालिकाको समन्वयमा बजेट बिनियोजन गरिएको भन्दै कोइरालाले कम्युनिस्ट पार्टीको नेतृत्वका कारण नै बिकास काकार्यक्रमले तीव्रता पाइरहेको उल्लेख गरे ।

रुपा गाउँपालिकाका अध्यक्ष नवराज ओझाले निर्वाचनको बेला जनतासँग गरेका बाचा अनुसार बाटो निर्माण भएको बताए । प्रदेश र संघसंगको सहकार्यले रुपाका जनताको मुहारमा खुशी आउने गरी काम भएको बताए ।

जलस्रोत तथा सिंचाई विकास डिभिजन कार्यलयका प्रमुख इन्जिनियर किरण आचार्यले आँपुखोलाका जनताले इस्टिमेट भन्दापनि ९० मिटर बढि बाटो बनाएर उदारणीय कार्य गरेको बताए ।

मोटरबाटो निर्माण पछि गाउँलेको मुहारमा खुशी छाएको आँपूखोला मोटरबाटो उपभोक्ता समितिका अध्यक्ष बलराम थापाले जनाए ।

कार्यक्रममा वडानं ६ का वडाध्यक्ष नारायण गुरुङ, उपभोक्ता समितिका रामचन्द्र खड्का,कोषाध्यक्ष लक्ष्मी खड्का, सचिव बुद्धिसागर घिमिरे लगायतले भनाई राखेका थिए ।

Comments
Loading...