कास्की काँग्रेसद्वारा पहिरो पीडितलाई सहयोग हस्तान्तरण 

पोखरा, २१ साउन । नेपाली काँग्रेस कास्कीले मादी गाउँपालिका वडा नं ५ ठुलोस्वाँरामा रहेको पहिरो पीडित परिवारलाई आर्थिक सहयोग हस्तान्तरण गरेको छ ।

कास्की काँग्रेसका सभापति कृष्ण केसीले स्थानीय पुष्पकुमारी गुरुङलाई नगद १० हजार हस्तान्तरण गरेका थिए । विदेशमा रहेका नेपाली काँग्रेसका शुक्रराज न्यौपानेको पहलमा कास्कीका बाढीपहिरो पीडितलाई सहयोग गर्न कास्की काँग्रेसलाई पठाइएको ५० हजारमध्यबाट १० हजार सो परिवारलाई हस्तान्तरण गरिएको हो प्रवत्ता नवीन सिग्देलले बताए ।

सहयोग हस्तान्तरण गर्न कास्की काँग्रेसका सभापति केसीसहित कोषाध्यक्ष लक्ष्मी पाण्डे, प्रवत्ता नवीन सिग्देल, मादी गाउँपालिका प्रमुख देवीजङ्ग गुरुङ, वडा सदस्य होमनाथ अधिकारीलगायतको टोलि पुगेको थिए ।

कार्यक्रममा कास्की काँग्रेसका सभापति कृष्ण केसीले समस्यामा परेको सो परिवारलाई सहयोग गर्न सबैलाई आग्रह गरे । साउन २५ गतेको अविरल वर्षापछि घर भत्किएको थियो । दिउँसो घरमा कोही नभएका बेला घर भत्किएका कारण मानवीय क्षति भने भएको छैन ।

टिप्पणिहरु
Loading...