मौसम पूर्वानुमान :तीन दिन मेघगर्जन र चट्याङसहित वर्षा

काठमाडौं, २४ साउन । न्यून चापीय रेखा नेपालतर्फ नजिक हुँदै गएकाले अबका तीन दिन भारी वर्षाको सम्भावना रहेको मौसमविदले जानकारी दिएका छन् ।

जल तथा मौसम विज्ञान विभागका अनुसार अहिले बागमती प्रदेश, गण्डकी प्रदेश, प्रदेश–५, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा वर्षा भइरहेको छ । प्रदेश–२ मा र प्रदेश–५ का केही भू–भागहरुमा आंशिक बदली रही बाँकी भू–भागमा समान्य देखि पूर्ण बदली रहेको छ ।

आज दिउँसो प्रदेश–१, बागमती प्रदेश, गण्डकी प्रदेश र सुदूरपश्चिम प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको जनाएको विभागका अनुसार देशभरका बाँकी स्थानमा सामान्य बदली रही केही स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।

राति देशका अधिकांश भूभागमा सामान्य देखि पूर्ण वदली रही धेरै स्थानहरुमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । प्रदेश–१, प्रदेश–२, बाग्मती प्रदेश र गण्डकी प्रदेशका केही स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको विभागले जनाएको छ ।

Comments
Loading...