सुख्खा पहिराले मुग्लिन– नारायणगढ सडक अवरुद्ध

पोखरा,२४ साउन । पहिरोका कारण मुग्लिन– नारायणगढ सडक आज पुन अवरुद्ध भएको छ ।

सडकखण्डअन्तर्गत शनिबार साँझ चितवनको इच्छाकामना–६ स्थित चोरखोलामा सुक्खा पहिरो खस्दा सडक दुईतर्फी अवरुद्ध भएको इलाका प्रहरी कार्यालय मुग्लिनले जनाएको छ ।

सडक अवरुद्ध हुँदा राजधानी काठमाडौँ तथा पोखराबाट देशका पश्चिम तथा पूर्र्वी क्षेत्रमा जाने यात्रु तथा सवारी साधन अलपत्र परेका छन् ।
अहिले पनि पहिरो झर्ने क्रम जारी रहेकाले पहिरो हटाउने काम शुरु गर्न नसकिएको प्रहरीको भनाई छ ।

Comments
Loading...