चेम्बर कास्की अन्तर्गत पर्यटन विभाग गठन

पोखरा,२६ साउन । पर्यटन व्यवसायीहरुको भेलाले पोखरा चेम्बर अफ कमर्स, कास्की अन्तर्गतको पर्यटन विभागको गठन गरेको छ ।

विभागको अध्यक्षमा रेशम अधिकारी, उपाध्यक्षमा प्रकाशबाबु बस्ताकोटी, सचिवमा मोहनप्रसाद सुवेदी, कोषाध्यक्षमा रवि आचार्य रहेका छन् ।
पर्यटन विभागको सदस्यहरुमा दीपकप्रसाद सापकोटा रेशम गौतम, देवराज अधिकारी र लक्ष्मी कोइराला चुनिनु भएको छ । विभागको सल्लाहकारमा दिल गौतम, उपेन्द्र अधिकारी र सुवास भण्डारी छन् ।

पोखरा चेम्बर अफ कमर्स, कास्कीका अध्यक्ष किसान सुनारले कोरोना भाइरसको कारण थला परेको पर्यटन क्षेत्रलाई उकास्नको लागि तीन तहको सरकारले ध्यान दिनुपर्ने बताए । सरकारले हालै जारी गरेको मौद्रिक नीतिले पर्यटनसँग जोडिएका सवाललाई सम्बोधन गरेको दावी गर्दै अध्यक्ष सुनारले मौद्रिक नीतिले व्यवस्था गरेका सुविधाहरुलाई बैङ्क तथा वित्तिय संस्थाहरुले ध्यान नदिएको धारणा राखे ।

चेम्बरको मागअनुसार मौद्रिक नीतिमा पर्यटन क्षेत्रलाई पुनर्कजा र सहुलियत कोषको जानकारी दिँदै अध्यक्ष सुनारले बैङ्क तथा विक्तिय संस्थाले ब्याजमा छुट नदिए कार्यान्वयनको लागि चेम्बरले दवाव र पहल कदमी गर्ने उल्लेख गरे । उनले पोखरालाई पर्यटनको राजधानी बनाउने व्यवसायीको अभियानलाई चेम्बरको साथ र समर्थन रहेको बताए।

Comments
Loading...