कास्कीका राजनीतिक दलले एक स्वरमा भने : सेती जलविद्युत आयोजना सफल बनाउन हरेक सहयोग गर्न तयार छौँ

पोखरा,२७ साउन । कास्कीको माछापुच्छ«े गाउँपालिका–२ भराभरीमा निर्माण शुरु भएको २५ मेगावाट क्षमताको सेती नदी जलविद्युत आयोजना यस क्षेत्रको विकास र समृद्धिमा कोशेढुङ्गा सावित हुने विश्वास जिल्लाका राजनीतिक दलले लिएका छन् ।

नीजि क्षेत्रको लगानीमा सेती नदीमा बन्न लागेको अहिलेसम्मकै ठूलो आयोजनाबाट देशलाई उर्जामा आत्मर्निभर बन्न र समृद्धि हासिल गर्न सघाउने भएकाले यस आयोजनालाई तोकिएकै समयभित्र सम्पन्न गराउन प्रमुख राजनीतिक दललले आवश्यक पर्ने सम्पूर्ण सहयोग उपलव्ध गराउने प्रतिवद्धता जनाएका छन् ।

योजनाको प्रवद्र्धक कम्पनी भिजन लुम्विनी उर्जा कम्पनी प्रालिले सोमबार जिल्लामा क्रियाशिल प्रमुख राजनीतिक दलका नेताहरुसँग गरेको छलफलमा सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का जिल्ला अध्यक्ष एवं प्रदेशसभा सदस्य कृष्ण बहादुर थापाले नीजि लगानी आकर्षित गरी विकासका माध्यमबाट समृद्ध नेपाल ः सुःखी नेपाली राष्ट्रिय आकाङ्क्षा पूरा गर्ने कार्यमा आयोजनालाई आफ्नोे दलको तर्फबाट पूर्ण सहयोग रहने विश्वास दिलाए ।

“माछापुच्छ्रेमा बन्न लागेको यस आयोजना हाम्रा लागि गौरव हो, समयमै सम्पन्न गर्ने क्रममा आइपर्ने हरेक खालका चुनौती समाधानमा दलकातर्फबाट पूर्ण सहयोग रहने छ ।” अध्यक्ष थापाले भने ।

राष्ट्रिय प्रजातन्त्र पार्टीका कार्यवाहक अध्यक्ष गणेशबहादुर ढकालले खेर गइरहेका स्रोतको परिचालन गरी उर्जा उत्पादनका माध्यमबाट आत्मनिर्भर बन्न आयोजनाले सघाउने विश्वास व्यक्त गर्दै आफ्नो दलको जिल्ला तथा स्थानीय पार्टी साथमै रहेको बताए ।

ज्नता समाजवादीका जिल्ला अध्यक्ष गिरीप्रसाद गुरुङले विकासमा राज्यको मात्र भर पर्दा ढिला हुने भएकाले बाह्य र निजी लगानी आकर्षित गर्र्नुपर्ने र लगानीमैत्री वातवरणमा जोड दिए ।

नेपाली काँग्रेसका सार्दिखोला इकाइ सभापति गुञ्जमान गुरुङले आयोजनाले स्थानीयवासीको हितलाई प्राथमिकता दिनुपर्नेमा जोड दिँदै आयोजना कार्यान्वयनका क्रममा आइपर्ने समस्या सबै मिलेर समाधान गरिने बताउनुभयो ।

जसपाका माछापुच्छ«े गाउँपालिका अध्यक्ष जगतबहादुर गुरुङले स्थानीय जनतालाई रोजगारीमा प्राथमिकता दिनुपर्ने र सार्दिखोला,लाहाचोक, घाचोक लगायत त्यस क्षेत्रको विकासमा ध्यान दिन आग्रह गरे ।

भिजन लुम्विनी होइन,भिजन सार्दिखोला र माछापुच्छ«े सहित अघि बढेका छौ : पोखरेल
आयोजनाको प्रवद्र्धक कम्पनी भिजन लुम्विनी उर्जा कम्पनीका कार्यकारी अध्यक्ष जगतबहादुर पोखरेलले कम्पनीबाट सार्दिखोलामा जलविद्युतमा लगानी गरेपनि आफूहरुको सपना समृद्ध माछापच्छ«े रहेको स्पष्ट पारे ।

माछापुुच्छ«्ेको विकासमा योगदान दिनका लागि अन्य नयाँ आयोजनाहरुको समेत अवधारणा अघि बढाइएको बताउँदै उनले आफूहरुको लगानी यही क्षेत्रका जनताको समृद्धिका लागि रहेको उल्लेख गरे ।

अध्यक्ष पोखरेलले भने,“तीन वर्ष अघिदेखी थालनी गरिएको आयोजना अब कार्यान्वयनको चरणमा छ, अब यसलाई हामी सबैको प्रोजेक्ट बनाउन चाहन्छौँ । यो ड्रिम फ्रोजेक्ट हो, हजारौँ जनतालाई सहभागि गराउँदै पारदर्शि रुपमा आयोजना अघि बढाउने योजना छ ।”

आगामी ५ देखी ६ वर्षभित्रमा लगानीकर्ताका लगानी फिर्ता गर्ने लक्ष्य रहेको जानकारी दिँदै अध्यक्ष पोखरेलले स्थानीयवासी,जनप्रतिनिधि,राजनीतिक दल तथा विभिन्न संघ संस्थाबाट प्राप्त सहयोगबाट आयोजना तोकिएको मिति भित्रमा सम्पन्न गरिछाडन् विश्वास दिलाएका थिए ।

छलफल कार्यक्रममा माछापुच्छ«े १ र २ का वडाध्यक्षहरु विरेन्द्र गुरुङ, विक्रम गुरुङ,राप्रपाका जिल्ला सचिव हरिप्रसाद बराल,जसपाका सचिव नारायण भण्डारी,आयोजनाका प्रोजेक्ट म्यानेजर लेखनाथ पाण्डे,निर्देशक बमबहादुर गुरुङ,कुमार गुरुङ लगायतको सहभागिता थियो ।

टिप्पणिहरु
Loading...