लमजुङ र मनाङबीच यातायात सम्पर्क स्थापित गर्न विकास समितिको आग्रह

पोखरा,२७ साउन । गण्डकी प्रदेश सभाअन्तरगतको अर्थ तथाविकास समितिविभिन्न अप्ठेरो छिचोल्दै सोमबार डुम्रे–बेंसीसहर–चामे सडक अन्तर्गतको घोप्टेभीर पुगेको छ ।

पाँचदिन अगाडि आएको बर्षाले घोप्टेभीरमा सडक पहिरोले बगाएपछि बेंसीसहर–चामे सडक ठप्प रहेको छ । वर्षातकाकारण ठाउँठाउँमा अबरुद्ध भएको सडकमा कतै पहिरो पन्छाउदै त कतै ढुङगा हाल्दै समिति घोप्टेभीर पुगेको हो ।

अर्थ तथाविकास समितिका सभापति दीपक कोइरालाको नेतृत्वमा गएको टोलीले बेसीशहर चामे सडक अन्नर्गतको बेसीसहर नगरपालिका७ सहजी नजिकै पुमाखोला, वडा नं ६ खरखरे ,बेलौतीविसौना, मस्र्याङदी गाउँपालिका वडा नं ४ घोप्टेभीर लगायतको ठाउँमा पहिरोले क्षति पु¥याएको सडक खण्डको निरिक्षण गरेको हो ।घोप्टेभीरमा पहिरोको कारण बेलीव्रीजनै निर्माण गर्नुपर्ने अबस्था सृजना भएको छ ।

अनुगमन पश्चात सभापति कोइरालाले छिटो भन्दा छिटो बेलीब्रीजहालेर बाटो सुचारु गर्न डुम्रे–बेंसीसहर–चामे योजनाका प्रमुखलाई आग्रह गरे ।मनाङ र लमजुङका जनताको दैनिक जिवनस्तरमा असर परेकोले तीव्र गतिमा काम गर्न सुझा दिए । सडक खण्डको स्थलगत अवलोकन पछि समितिको तर्फबाट प्रदेश सरकारलाई छिटो काम अगाडि बडाउन निर्देशन दिने पनि कोइरालाले बताए ।

लमजुङ र मनाङका नागरिकलाई सुविधा दिने गण्डकी प्रदेश सरकारको पनि दायित्व भएको बताउदै मनाङ जिल्ला पनि प्रदेश सरकारको कार्यक्षेत्र भित्र पर्ने भएकाले यसमा प्रदेश सरकारले चासो राख्नुपर्ने जनाए ।

निरीक्षणमा सभापति कोइराला सहित समितिका सदस्यहरु हरिशरण आचार्य, डोबाटे विश्वकर्मा, सरिता गुरुङ, प्रदेश सभा सदस्य मधु अधिकारी, जिल्ला समन्वय समिति लमजुङका प्रमुख लोकराज पाण्डे, बेसीशहर नगरपापालिका प्रमुख गुमानसिंह अर्याल, मस्र्याङ्दी गाउँपालिका अध्यक्ष अर्जुन गुरुङ, प्रमुख जिल्ला अधिकारी कृष्ण प्रसाद शर्मा, प्रहरी नायव उपरिक्षक गंगाबहादुर थापा,भौतिक पूर्वाधार विकास कार्यलयका प्रमुख राम पराजुली, डुम्रे–बेंसीसहर–चामे योजनाका प्रमुख अमितकुमार श्रेष्ठ ,अर्थ तथा विकास समितिका सचिव सिर्जना आचार्य ,संचारकर्मी लगायतको टोलीले सडक खण्डको अनुगमन गरेको थियो ।

घोप्टेभीरको सडक खण्ड पहिरोले पुरै भाग बगाइदिदा सडक संञ्जालसंग मनाङ सम्पर्क विच्छेद भएको छ । घोप्टे भीरबाट मनाङका नागरिकहरु फड्के बाट जोखिम पुर्णरुपमा आवतजावत गरिरहेका छन् । स्थानीयजीतबहादुर गुरुङले चार दिनमा चार वटा फट्के बाढी बगाइ दिएको भन्दै सडक नहुदा आफुहरुले दुःख पाएको गुनासो गरे ।

Comments
Loading...