टुँडिखेलको तीज मेला कोरोनाका कारण यस वर्ष नहुने

पोखरा,२८ साउन । पोखरा महानगरपालिका–१ बगर टुँडिखेलमा आयोजना गरिने तीज मेला यस वर्ष नहुने भएको छ ।

इन्द्रेणी एकीकृत विकास केन्द्रको आयोजनामा “हाम्रो संस्कृति हाम्रो पहिचान लोपोन्मुख संस्कृति जोगाउने हाम्रो अभियान” को नारा सहित हुने मेला विश्वमा महामारीका रुपमा फैलिइरहेको कोरोनाका कारण सञ्चालन नहुने केन्द्रका अध्यक्ष भानुभक्त अधिकारीले जानकारी दिए ।

साथै आगामी वर्षमा निरंतरता दिने पनि उनले जनाए । नेपाली महिलाहरुको महत्त्वपूर्ण पर्वको रुपमा परिचित तीज पर्व नारीहरुको वेदनालाई गीतको माध्यमबाट व्यक्त गर्ने गरिन्छ ।

परापूर्वकालदेखि टुँडिखेल खेल मैदानमा आमा ,दिदी, ,बहिनीहरु बिरहका गीत गाउने र नाच्ने गर्ने गरेकामा केन्द्रले त्यसलाई व्यवस्थित गरी तीज मेलाको रुपमा आयोजना गर्न शुरुआत गरेको थियो ।

Comments
Loading...