गण्डकी सहित पाँच वटा प्रदेशमा आज भारी वर्षा हुने

पोखरा,१७ भदौ । गण्डकी प्रदेश सहित देशका पाँच वटा प्रदेशमा आज भारी वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले मौसम सम्वन्धी बुलेटिन सार्वजनिक गर्दै जनाएको छ ।

विभागका अनुसार अनुसार अहिले विहान गण्डकी प्रदेश तथा प्रदेश ५ का धेरै स्थान र बाँकी प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा भइरहेकामा दिउँसो गण्डकी प्रदेश, प्रदेश ५, कर्णाली प्रदेश, सुदूरपश्चिम प्रदेश र वागमती प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको जनाइएको छ ।

त्यसैगरी राति देशभर सामान्यतया बदली रही केही स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको र वागमती प्रदेश, गण्डकी प्रदेश र प्रदेश ५ का केही स्थानमा भारी वर्षाको सम्भावना रहेको जनाइएको छ ।

Comments
Loading...