आन्तरिक हवाई उडान र लामो दुरीको यातायात असोज १ देखि खुला गर्ने सरकारको निर्णय

पोखरा,३० भदौ । सरकारले कोरोना नियन्त्रणका लागि सञ्चालनमा रोक लगाएको आन्तरिक हवाई उडान र लामो दूरीको यातायात खुला गरेको छ ।

गत चैत १० गतेबाटनै बन्द आन्तरिक हवाई उडान तथा लामो दूरीका यातायात आवश्यक स्वास्थ्य सुरक्षाको मापदण्ड पालना गर्ने गरी सञ्चालन गर्न दिने निर्णय गरेको सरकारका प्रवक्ता एवं परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले जानकारी दिए ।

सरकारले सार्वजनिक यातायाातको भाडामा भने अधिकतमा ५० प्रतिशतसम्म लिन पाउने र कूल सिट क्षमताको आधामात्र राख्नुपर्ने जनाएको छ ।

Comments
Loading...