मुग्लिन–नारायणगढ सडक आज पुनः अवरुद्ध

पोखरा,३१ भदौ । पहाडबाट लेदो आएर मुग्लिन–नारायणगढ सडकखण्ड अवरुद्ध भएको छ ।

निरन्तर वर्षाका कारण यस खण्डको चितवनको इच्छाकामना गाउँपालिका ६, चारकिलो भन्ने स्थानमा पहाडबाट लेदो झर्दा सडक अवरुद्ध भएको प्रहरीले जनाएको छ ।

पहाडबाट लेदो झर्ने क्रम नरोकिँदा आज बिहान ६ बजेखि सो सडक अवरुद्ध भएको इलाका प्रहरी कार्यालय मुग्लिनका प्रहरी निरीक्षक कञ्चन तामाङले जानकारी दिए ।

सडकमा झरेको लेदो हटाउन डोजर पुगे पनि पानी परिरहेका कारण हटाउन समस्या भएको तामाङको भनाइ छ । पानी पर्न रोकिएपछि लेदो हटाएर आवागमन सहज बनाइने तामाङले बताए ।

Comments
Loading...