हुण्डाईले ल्यायो दशैं तिहार अफर :आकर्षक नगद छुट सहित बम्परमा गाडी पुरस्कार

पोखरा,६ असोज । नेपालका लागि हुण्डाई गाडीको आधिकारिक बिक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले नेपालीहरुको ठूला चाडपर्व दशैँ तिहारलाई लक्षित गरी “हुण्डाई फेस्टिभ डिलाइट” योजना सार्वजनिक गरेको  छ ।

हुण्डाइले ल्यायोको  यस योजना अन्तर्गत हुण्डाई गाडी खरिदमा स्क्रयाच कुपनमार्फत रु एक लाख सम्मको नगद छुट प्रदान गरिने छ ।

यसैगरी दुई भाग्यशाली विजेताले हुण्डाईको औरा र हुण्डाईको ग्राण्ड आई १० एनआईओएस बम्पर प्राइज पुरस्कार जित्न सक्ने हुण्डाई शोरुम पोखराका सेल्स तथा अफरेशन इन्चार्ज भीमसिँह खत्रीले हिमाली आवाज डटकमलाई जानकारी दिए ।

खत्रीले भने,“हुण्डाईले विगतमा पनि दशैँ तिहार तथा छठ पर्वहरुका अवसरमा ग्राहकहरुलाई आकर्षक छुट योजना ल्याउने गरेको थियो । यसवर्षपनि हामीले त्यसलाई निरन्तरता दिँदै आकर्षक उपचार ल्याएका छौँ ।”

हुण्डाइले गाडी किन्दा एक वर्षको बीमा निःशुल्क हुने पनि कम्पनीले जनाएको छ। यसका सबै सवारी साधनहरु तीन वर्षको वारेन्टी,चार वर्षको फ्रि सर्भिसिङ तथा एक वर्षको सवारी कर तथा नामसारी शुल्क समेत छुट दिने खत्रीले जानकारी दिए ।

देशभर रहेका १३ शोरुम तथा १७ सर्भिस सेन्टरमार्फत हुण्डाईका गाडीहरु विक्री विरतण हुँदै आएको लक्ष्मी इन्टकन्टिनेन्टले जनाएको छ ।

 

Comments
Loading...