सुनको भाउ घट्यो

हिमाली आवाज ।नेपाली बजारमा आज सुनको मुल्यमा गिरावट आएको छ ।

सुनको मूल्य आज तोलामा रु एक हजार ७०० सय ले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । सोमबार ९७ हजार दुई सय रुपैयाँमा कारोबार भएको सुनको प्रतितोला मूल्य मंगलबार ९५ हजार पाँच सय रुपैयाँ कारोबारमा झरेको हो । मंगलबारका लागि छापावाल सुनको कारोबार मूल्य एक हजार ७०० सय कम भएको महासंघले जनाएको छ ।

मंगलबारका लागि महासंघले तेजावी सुनको प्रतितोला कारोबार मूल्य ९५ हजार तोकेको छ । चाँदीको मूल्य भने तोलामा १० रुपैयाँले बढेर १३ सय ३० रुपैयाँमा कारोबार भइरहेको व्यासायीहरुले बताएका छन् ।

Comments
Loading...