२५ हजार सक्रिय संक्रमित पुगे फेरि लकडाउन हुन सक्ने

हिमाली आवाज । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले २५ हजार संक्रमित पुगे फेरि लकडाउन गर्न प्रस्ताव गर्ने भएको छ।

मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले आजको नियमित प्रेस ब्रिफिङमा सक्रिय संक्रमित २५ हजार पुगे सरकारलाई फेरि लकडाउन गर्न सिफारिस गरिने जानकारी गराएका हुन्। बुधबारसम्म देशभर सक्रिय संक्रमितको संख्या १४ हजार ४१४ छ।

प्रवक्ता गौतमले सक्रिय संक्रमित संख्या २५ हजार बढी पुगे स्वास्थ्य पूर्वाधारले धान्न गाह्रो हुने जनाए । सरकारले लगाएको निषेधाज्ञा खुलेसँगै दिनहुँ संक्रमित बढेका छन् ।

Comments
Loading...