शिक्षा पत्रकार समाजको स्थापना : अध्यक्षमा सिलवाल, गण्डकी संयोजक पाठक

हिमाली आवाज । शिक्षा पत्रकारितामा पुराना र नयाँ पत्रकाहरुको सक्रियतामा शिक्षा पत्रकार समाज संस्था स्थापित भएको छ ।

समाजको केन्द्रीय अध्यक्षमा राष्ट्रिय समाचार समितिमा कार्यरत प्रकाश सिलवाल चयन भएका छन् । त्यसैगरी गण्डकी प्रदेश संयोजकको जिम्मेवारी पोखराका पत्रकार केशव पाठकले पाएका छन् । उनी पोखरान्यूज डटकमा आवद्ध छन् ।

समाजको केन्दीय उपाध्यक्षमा देवी सापकोटा,महासचिव शेषकान्त पण्डित,सचिवमा मतिना त्वनावासु तथा कोषाध्यक्ष श्याम तण्डुकार रहेका छन् । त्यसैगरी सदस्यहरुमा यशोदा अधिकारी, बालमुकुन्द आचार्य, सुनील आचार्य, सुरेश यादव, विद्या राई र शर्मीला विश्वकर्मा छन् ।

समाजले सातै प्रदेशका प्रदेश संयोजक समेत चयन गरेको छ । जसमा प्रदेश नं. १ को संयोजकमा सुशीला पाठक, प्रदेश नं. २ मा सुरेश यादव, बागमती प्रदेशमा वसन्त पराजुली, प्रदेश नं. ५ मा अमृता अनमोल, कर्णाली प्रदेश संयोजकमा नवराज महतारा र सुदूरपश्चिम प्रदेश संयोजक विरेन्द्र रावल छन् । सल्लाहकारहरुमा भीमलाल गुरुङ,डा. सुमनकोमल तुलाधर, बाबुकाजी श्रेष्ठ, डा. निर्मलमणि अधिकारी,प्रा.डा. वासुदेव काफ्ले, भोजबहादुर शाह र प्रा. डा. धनेश्वर नेपाल रहेका छन् ।

शिक्षा र सामाजिक विकासका क्षेत्रमा अध्ययन, अनुसन्धान, प्रकाशन, प्रसारण, बहस तथा पैरवी सहित सबै तहमा गुणस्तरीय शिक्षा, जीवनपर्यन्त सिकाइकोे विकास एवं विस्तारका लागि आमसञ्चार तथा पत्रकारिताको उच्चतम् सदुपयोग गर्दै छापा, रेडियो, टेलिभिजन, अनलाइनलगायतका सञ्चारमाध्यममा शिक्षा विधामा कार्यरत पत्रकारहरुको हक, अधिकार संरक्षण तथा क्षमता अभिवृद्धिसमेत गर्न पत्रकारहरुको सहभागितामा सङ्घीयस्तरको पत्रकार समाज गठन गरिएको अध्यक्ष सिलवालले बताए । समाजले यही असोज ५ गते जिल्ला प्रशासन कार्यालय काठमाडौँमा विधिवत मान्यता पाएको थियो ।

समाजले शिक्षा तथा सामाजिक विकासमा केन्द्रित रहँदै शिक्षा र बालबालिकाको मौलिक हक तथा गुणस्तरीय शिक्षा तथा जीवनपर्यन्त सिकाइको प्रवद्र्धन, प्राविधिक तथा व्यावसायिक शिक्षाको विकास, सार्वजनिक र निजी शिक्षा क्षेत्रमा सुशासन एवं प्रवलीकरण आदि विषयमा खोज अनुसन्धान, नीतिगत बहस तथा पैरवी गर्ने लक्ष्य लिएको जनाएको छ ।

 

Comments
Loading...