राष्ट्रिय युवा संघको गण्डकीका ११ वटै जिल्लामा इन्चार्ज र इन्चार्ज तोकिए,कास्कीमा पुन र आचार्य

हिमाली आवाज । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी(नेकपा)को युवा संगठन राष्ट्रिय युवा संघ कास्कीको इन्चार्जमा साविक युवा संघ नेपालका विष्णु पुन चयन भएका छन् । त्यसैगरी सहइन्चार्ज साविक वाइसीयलका विपिन आचार्यले जिम्मेवारी पाएका छन् ।

राष्ट्रिय युवा संघको असोज १४ र १५ गते राजधानी काठमाडौँमा बसेको केन्द्रीय कार्यालयको बैठकले ७७ वटै जिल्ला तथा महानगर र उपमहानगर कमिटीमा नेतृत्व चयन गरेको हो ।

संघको कास्की जिल्ला संयोजकमा यसअघि साविक वाइसीयलबाट भोजराज पौडेल संयोजक चयन भएपनि सहसंयोजक पद खाली रहेकामा कार्यालय बैैठकले डिल्ली सुवेदीलाई सहसंयोजकको जिम्मेवारी दिएको छ ।

त्यसैगरी पोखरा महानगरको इन्चार्जको जिम्मेवारी साविक वाइसीएलका मेखबहादुर विकले पाएका छन् भने सहइन्चार्ज ठाकूर शर्मा छन् भने महानगर संयोजकको जिम्मेवारी मोहन सुवेदीले पाएका छन् ।

Comments
Loading...