६४ पटक रक्तदान गर्ने पत्रकार थापा सम्मानित

हिमाली आवाज । गण्डकी अटोमेकानिकल वक्र्स एशोसिएसनको २७ औं वार्षिक उत्सवको अवसरमा गरिएको रक्तदान कार्यक्रममा ८८ जनाले रत्तदान गरेका छन् ।

कोरोना महामारिकाबीच एशोसियसनका सदस्यहरुको वृहत उपस्थितिमा भएको कार्यक्रममा पहिलो रत्तदाता ऋषि कुमार क्षेष्ठलाई ब्लड व्याग हस्तान्तरण गरी अभियन्ता इच्छामान बुद्धाचार्यले शुभारम्भ गरेका थिए ।

त्यस अवसरमा उनले आफू लगायत सात जनाबाट पोखरामा रक्तदान कार्यक्रम शुरुवात गर्दा धेरै सामाजिक समस्याहरु व्यर्होन ुपरेकोमा आज धेरै सघ–संस्थाहरुले नियमित कार्यक्रम गर्दा आफूलाई गर्व लागेको बताए ।

कार्यक्रममा हालसम्म ६४ पटक रत्तदान गर्ने एशोसियसनका सल्लाहकार समेत रहेका पत्रकार कृष्ण थापालाई रक्तदान अभियानको कदर स्वरुप सम्मान गरिएको थियो । थापा रेडियो सराङकोटको निर्देशक तथा स्वतन्त्र पत्रकार संघ कास्कीको निर्वतमान अध्यक्ष हुन् ।

कार्यक्रममा गण्डकी अटो डिर्लस एशोसियसनका अध्यक्ष चन्द्र कुवँर, ट्यूव टायर मर्मत एशोसियसनका अध्यक्ष चन्द्रेश्वर बस्ताकोटी, पूर्व अध्यक्ष कुल बहादुर नेपालीले वक्र्स व्यवसाय संचालनमा सरकारले वेवास्ता गरेकोले व्यवस्थितत गराउन सहयोग गर्नुपर्ने बताए ।

एशोसियसनका अध्यक्ष सानुमान जलारी, सम्मानित व्यक्तित्व कृष्ण थापा, रत्तसंचार केन्द्रका प्राविधिक महेन्द्र के.सी., वरिष्ठ उपाध्यक्ष किरण कपाली, कार्यक्रम संयोजक सन्तोष मिश्र,महासचिव पुरुषोत्तम भण्डारी कार्यलय सचिव पार्वती बराल लगायतले संस्थाको विविध पक्षमा आ–आफ्नो धारणा राखेका थिए ।

Comments
Loading...