सहकारीको लगानी उत्पादन मुलक क्षेत्रमा केन्द्रित हुनुपर्दछ :मन्त्री गुरुङ

हिमाली आवाज । गण्डकी प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री किरण गुरुङले सहकारीमा गरिएको लगानीे उत्पादन मुलक क्षेत्रमा केन्द्रित हुनु पर्ने बताएका छन् ।

एकता बचत तथा ऋण सहकारी संस्था लिमिटेड पोखरा–१४ को ९ औं वार्षिक साधारण सभाको आज उद्धघाटन गर्दै राज्य सञ्चालनमा मुख्य तीन आर्थिक खम्वा मध्य सहकारी संस्थाहरुको महत्वपूर्ण स्थान रहेकोमा मन्त्री गुरुङले जोड दिए ।

उत्पादनमूलक क्षेत्रमा लगानी बढाएर सहकारीले रोजगारी सिर्जना तथा स्वरोजगार अभिवृद्धिमा योगदान गर्न उनले सहकारीसंस्थालाई आग्रह गरेका छन् ।

मुख्यमन्त्रीका राजनीतिक सल्लाहाकार गोबिन्द बहादुर नेपालीले सहकारीहरुले सहकारीका सिद्धान्त अनुसार काम गर्नुपर्नेमा जोड दिँदै उहाँले सहकारीहरुले नगद संकलन लाई मात्र मुख्य आधार नबनाईकन जम्मा भएको लगानीलाई रोजगारीमा परिणत गर्न आग्रह गरे ।

रुपा गाउँपालिकाका अध्यक्ष नवराज ओझाले गाउँ घरका उत्पादनमूलक क्षेत्रमा सहकारीले लगानी बढाउन आग्रह गरे ।सहकारीका अध्यक्ष बालकृष्ण काउछा मगरले अध्यक्ष र कोषाध्यक्षको प्रतिवेदन पेश गरेका थिए ।

पत्रकार दाहाललाई सम्मान
सहकारीले पोखरामा क्रियाशिल पत्रकार पुष्पराज दाहाललार्ई साधारणसभाको अवसरमा सम्मान समेत गरेको छ ।

पत्रकारिताको माध्यमबाट संस्थाको गतिविधिलाई आम जनमानसमा लैजान योगदान गरेकाले दाहाललाई नगद सहित सम्मान गरिएको थियो । दाहाल फेवा टेलिभिजनमा समाचार प्रमुखका रुपमा कार्यरत छन् ।

त्यसैगरी उत्कृष्ट कार्य सम्पादन गरेको आधारमा सहायक व्यवस्थापक अम्बिका कार्की, फिलिपिन्स बाट एम डी सकी फर्किएकी शेयर सदस्यका छोरी दिपालक्ष्मी थापा लाई नगद सहित सम्मान गरिएको थियो ।

संस्थामा हाल ३ हजार ७ सय ३७ शेयर सदय रहेको र कास्की जिल्ला कार्यक्षेत्र रहेकामा यसलाई प्रदेशस्तरीय बनाइने अध्यक्ष काउछामगरले बताए ।

कार्यक्रममा सहकारीका उपाध्यक्ष नवराज सुवेदी तथा सचिव सुर्दशन पौडेल लगायतले मन्तव्य व्यक्त गरेका थिए ।

Comments
Loading...