सरकार र डा. केसीबीच आठ बुँदे सहमति, आज अनसन तोडिदै

काठमाडौं,२५ असोज । सरकार र अनसनरत डाक्टर गोविन्द केसीपक्षबीच त्रिवि हिजो मध्यराति सहमतिपत्रमा हस्ताक्षर भएको छ ।

केसीले जुम्लाबाट थालेको अनसनको २७ औँ दिनमा दुवै पक्षबीच शनिवार मध्यराति ८ बुँदे सहमतिपत्रमा हस्ताक्षर भएको हो। यो सहमतिसँगै डा. केसीले आइतवार बिहान अनसन तोड्ने उनका सहयोगी प्रितम सुवेदीले जानकारी दिएका छन्।

सरकार र केसी पक्षबीच तीन दिनमा पटक पटको वार्तापछि यो सहमति जुटेको हो। उक्त सहमति पत्रमा सरकारी वार्ता टोलीका संयोजक शिक्षा सचिव गोपीनाथ मैनाली र डा केसी स्वयमले हस्ताक्षर गरेका छन्।

दुई पक्षबीच ८ बुँदे सहमतिमा हस्ताक्षर भए पनि दुई पक्षबीच केसीले उठाउँदै आएका ६ बुँदे मागमै रहेर ६ वटा सहमति हुन्।

Comments
Loading...