पोखरामा उपचाररत ५२ वर्षीया कोरोना संक्रमितको मृत्यु

हिमाली आवाज । पोखराको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा उपचाररत एक कोरोना संक्रमितको आज विहान निधन भएको छ ।

स्याङ्जाको भिरकोट नगरपालिका–२ का ५२ वर्षीया महिलाको विहान ९ः३४ बजे पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गतको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालको कोभिड उपचार केन्द्रमा निधन भएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ । यससँगै गण्डकीमा कोरोनाबाट मृत्यु हुनेको संख्या ४५ पुगेको छ ।

त्यसैगरी गण्डकी अस्पतालमा पछिल्लो अद्यावधिक विवरण अनुसार चार संक्रमित थपिएका छन् । कास्कीको माछापुच्छ्रे गाउँपालिका वडा नं २ का ५२ वर्षीया महिला,पोखरा महानगरका एक तथा गोर्खा र पर्वतमा एक÷एक जना छन् । गण्डकीमा संक्रमितको संख्या पाँच हजार १३१ पुगेको छ ।

Comments
Loading...