सुरक्षा पालुवाको सप्ताहव्यापी साधारणसभा सम्पन्न

हिमाली आवाज । पोखरा महानगरपालिका वडा नं ३३ कालिकास्थानस्थित सुरक्षा पालुवा बहुउद्देश्यीय सहकारी संस्थाले आफ्नो १४ औं वार्षिक साधारणसभा सप्ताहव्यापी रुपमा सम्पन्न गरेको छ ।

कोरोना महामारीको जोखिमीलाई दृष्टिगत गर्दै सहकारीले असोज २४ गते औपचारिक शुभारम्भ गरेको साधारणसभा शुक्रबार सम्पन्न गरेको हो ।
समापन कार्यक्रममापोखरा महानगरपालिका सहकारी समितिका अध्यक्ष तेजनारायण अधिकारीले सहकारीको एकिकरण गर्दै जाने सरकारको नीति रहेको र यो कार्यान्वयनमा आउने बताउँदै त्यसका लागि सहकारीहरू तयार हुनुपर्ने बताए ।

एउटै भूगोलभित्र एक व्यक्ति एक सहकारीमा मात्र आवद्ध हुने व्यवस्था सहितको कानून कार्यान्वयनमा आउने बताउँदै उनले व्यक्ति व्यक्तिले पनि आँफू आवद्ध सहकारीहरूको एकिकरणका लागि पहल गर्नुपर्ने आवश्यकतामा जोड दिए ।नीति, विधि र प्रविधिलाईसँगसँगै अघि बढाउँदै उत्पादनमा जोडिने गरी सहकारी क्रियाशिल बन्नुपर्नेमा उनको जोड छ ।

सहकारीका अध्यक्ष टुल्कनाथ आचार्यले कोरोना महामारीका कारण स्वास्थ्य सुरक्षा सजगता लगायतका कुरालाई दृष्टिगत गर्दै साधारसभाका कार्यक्रम सप्ताहव्यापी रुपमा सञ्चालन गरिएको जानकारी दिए ।

पोखरा महानगरपालिका वडा नं ३३ का वडा सदस्य दीपकराज लामिछानेले एक सहकारी एक उत्पादनको नीतिलाई कार्यावयननमा ल्याउनुपर्ने बताउँदै वडा भित्रका सहकारीले एकले अर्कोलाई सहयोग एवम् सहकार्य गर्नुपर्नेमा जोड दिए ।

पोखरा महानगरपालिका सहकारी समितिका दर्ता अधिकारी अनिल कार्कीले सुरक्षा पालुवा बहुउद्देश्यीय सहकारीको व्यवस्थापकीय पक्षको प्रशंसा गर्दै आगामी दिनमा उत्पादनमुलक क्षेत्रमा जोडिने विश्वास व्यक्त गरे ।

संस्थाका सह सचिव सतिस लामिछानेले सञ्चालन गर्नुभएको कार्यक्रममा शिक्षा उप समितिका संयोजक निर्मल आचार्यले स्वागत गरेका थिए ।
दुई हजार १ सय ९ जना शेयर सदस्य रहेको सहकारीले ६५ करोड ३७ लाख ५५ हजार रुपैयाँको कारोबार गरेको छ ।

संस्थाले कालिकास्थानस्थित प्रधान कार्यालय, लामगादी, पुँडीटार, न्यूरोड, भण्डारढिक र पुलचोकमा सेवा केन्द्रहरूबाट सेवा प्रवाह गर्दै आएको छ

Comments
Loading...