पोखरामा भीरबाट लडेर युवकको मृत्यु

हिमाली आवाज । पोखरामा आज विहान भीरबाट लडेर एक जनाको मृत्यु भएको छ ।

विहान अन्दाजी ७ः३० बजेको समयमा कास्की पोखरा महानगरपालिका वडा नं १५ खहरे भन्ने स्थानमा खहरे भिरबाट सोही ठाउँ बस्ने २३ वर्षीय साजन परियार खस्दा उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।

सो स्थानमा प्रहरी टोली खटिई घटनाको बारेमा थप अनुसन्धान भईरहेको प्रदेश प्रहरी कार्यालय गण्डकीले जनाएको छ ।

Comments
Loading...