सराङकोट खानेपानी आयोजनाको काम शुरु, दुई हजार घरधूरी लाभान्वित हुने

हिमाली आवाज । खानेपानीको अभाव रहेको पोखराको तीन वडामा खानेपानी आयोजनाको काम शुरु भएको छ ।

महानगरको वडा नं १८, २ र १ का गरी दूई हजार घरधूरीमा खानेपानी धारा पु¥याउने गरी सराङकोट खानेपानी आयोजना शुरु भएको हो ।
खानेपानीको चरम अभाव रहेको सो क्षेत्रमा सहज आपूर्तिका लागि सङ्घीय सरकारको विशेष अनुदानबाट महानगरले रु तीन करोड ११ लाख २३ हजार ४७९ मा आयोजना अघि बढाएको हो ।

विन्ध्यवासिनी खानेपानी ट्याङ्कीबाट विद्युतिय प्रबिधिबाट पानी लिफ्टिङ गरी दुई स्थानमा गरी कूल ८० हजार लिटर क्षमताको पानी ट्याङ्की निर्माण गरी घरघरमा पठाउने योजना आयोजनाको छ ।दुई दशमलव ८५ किमी मुख्य पाईप लाइन र आठ दशमलव ९२ किमी शाखा पाईप लाइन विस्तार गरी पानीको सुविधा नपुगेको सबै घरधूरीमा पानी पु¥याइने पोखरा–१८ का वडाध्यक्ष रणबहादुर थापाले बताउनुभयो ।

आयोजनाको आज शिलान्यास गर्दै महानगर प्रमुख मानबहादुर जिसीले महानगरका ३३ वटै वडामा सहज पानी आपूर्तिका लागि एकीकृत खानेपानी योजना निर्माण गरिने बताउनुभयो ।

महानगरमा गाभिएको पहाडी भेगका तत्कालिन गाविसहरुमा खानेपानीको बढी समस्या रहेको भन्दै त्यस वडामा पानीको प्रवन्ध गरिने स्पष्ट पार्नुभयो ।

सो आयोजना निर्माणका लागि गत असार २६ गते कृपा कन्स्ट्रक्सन चितवनसँग ठेक्का१५ महिनाभित्रमा सम्पन्न गर्ने गरी ठेक्का सम्झौता गरिएको थियो ।

Comments
Loading...