गण्डकी प्रदेशमा पहिलो पटक पर्यटन र पर्वतारोहण विषय पठनपाठन शुरु

हिमाली आवाज । उत्तरी गोरखाको धार्चे गाउँपालिकाको वडा नं. ४ लाप्राक स्थित मणिकामदेवी माध्यमिक विद्यालयमा गण्डकी प्रदेशकै पहिलो पर्यटन र पर्वतारोहण बिषय पठनपाठन शुरु गरिएको छ ।

गतबर्ष अध्ययन अध्यापनको अनुमति पाएको सो विद्यालयले कक्षा ११ र १२ मा पर्यटन र पर्वतारोहण बिषय पठनपाठन गर्न थालेको हो ।
कक्षा ११ मा अनिवार्य विषय बाहेक ४ वटा ऐच्छिक विषयमा पर्यटन र पर्वतारोहणलाई समावेश गरिएको छ ।

यस अघि मनोविज्ञान,शिक्षा, व्यवस्थापन र गणित पठनपाठन हुदै आएको उक्तविद्यालयमा अब बिद्यार्थीहरुले पर्यटन र पर्वतारोहण अध्ययन गर्न पाउने छन् । यसै वर्ष देखि शुरुवात गरिएको पर्यटन र पर्वतारोहण बिषयतर्फ बिद्यार्थीको अकर्षण समेत बढेको विद्यालयका प्र.अ. धनबहादुर गुरुङले जनाकारी दिनुभयो ।

उहाँका अनुसार पहिलो बर्ष अहिले कक्षा ११ मापर्यटन र पर्वतारोहण अध्ययन गर्ने विद्यार्थी ४३ जना छन् । पठनपाठनलाई प्रभावकारी बनाउन सो विद्यालय र नेपाल पर्वतीय प्रशिक्षण प्रतिष्ठानबीच सम्झौता समेत भएको छ । अध्ययन अध्यापनको सबै प्रबन्ध भने विद्यालयले मिलाउनेछ ।

पर्यटन र पर्वतारोहण बिषय मास्टर डिग्री सम्मउक्त स्थानमा पठनपाठन गराउने गाउँपालिकाको तयारी छ । विद्यालयमा सैद्धान्तिक पठनपाठनले मात्र उपलब्धि हासिल गर्न नसकेको वर्तमान अवस्थामा उक्त विद्यालयले भने प्रयोगात्मक रुपमै रक क्लाईम्बिङ,क्यानोनिङ,हिलक्लाईम्बिङ जस्ता प्रक्टिकल्ली संरचनातयार पारेर पर्यटन र पर्वतारोहण बिषय सञ्चालन गरेको छ ।

पठनपाठनको शुरुवात गर्दै गण्डकी प्रदेशका उद्योग,पर्यटन, वन तथा वातावरण मन्त्री विकास लम्सालले गण्डकी प्रदेशमा तालिमको रुपमा प्रशिक्षण दिने गरेको भएता पनि पर्यटन र पर्वतारोहणको पठनपाठन विद्यालय तहमा नभएको बताउदै साहसिक पर्यटनको विषयमा धेरैलाई ज्ञान नहुदा यसको प्रवद्र्धन हुन नसकेको बताउनुभयो ।

 

Comments
Loading...