माछापुच्छ्रे गाउँपालिकामा ४८४ जनाको नमूना परीक्षण

हिमाली आवाज । कास्कीको माछापुच्छ्रे गाउँपालिकामा हालसम्म ११ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

संक्रमण पुष्टि भएकाहरु मध्ये आठ जना उपचारपछि निको भएका छन् भने सक्रिय संक्रमित तीन जना रहेको गाउँपालिका स्वास्थ्य शाखा प्रमुख गोविन्द आचार्यले जानकारी दिनुभयो ।

गाउँपालिकामा होम क्वारेन्टिनमा अहिले १२ जना रहेका छन् । हालसम्म ४८४ जनाको नमूना संकलन गरिएको आचार्यले बताउनुभयो । गाउँपालिकामा संस्थागत क्वारेन्टिन सात रहेकामा ३२ बेड क्षमता छ ।

गाउँपालिकाले कोरोनालाई सामान्य रुपमा नलिन र सुरक्षाका मापदण्डको पूर्ण पालना गरी कोरोना नियन्त्रण तथा रोकथाममा सहयोग गर्न समेत पालिकावासीमा आग्रह गरेको छ ।

Comments
Loading...