प्रतिनिधिसभा सांसद भट्टराई निर्वाचन क्षेत्रमा विकास आयोजनाको निरीक्षणमा

हिमाली आवाज । कास्की निर्वाचन क्षेत्र नं २ का प्रतिनिधिसभा सदस्य विद्या भट्टराईले आफ्नो निर्वाचन क्षेत्रमा विकास निर्माणका आयोजनाको अनुगमन निरीक्षण गर्नुभएको छ ।

उहाँले बिहीबार निर्वाचन क्षेत्र अन्तर्गत पोखरा महानगरपालिका वडा नं १६ र २० मा सञ्चालित आयोजनाको निरीक्षण गर्नुभयो । संघ, प्रदेश तथा स्थानीय सरकारबाट सञ्चालित पुल, खानेपानी, सडक लगायतका आयोजनाको उहाँले निरीक्षण गर्नुभएको थियो ।

कोरोना महामारीले सम्पूर्ण देश आक्रान्त भइरहेको अवस्थामा सुरक्षित रहँदै विकास निर्माण अघि बढाउन निर्माण कम्पनी ,मजदुर, स्थानीइ उपभोक्ता समितिहरुलाई सांसद भट्टराईले आग्रह गर्नुभएको थियो ।

वडा नं १६ र २० मा सघीय सरकारद्वारा सञ्चालित आयोजनाहरू मातृशिशु अस्पतालहुँदै भलाम जोड्ने सडक, बृहत भलाम खानेपानी आयोजना, हरिहर गुफा वृहत्तर विकास योजना र देवीडाँडा मालिकमार्ग देउराली सडकको निर्माण प्रगतिका बारेमा जानकारी लिनुभएको वडा नं २० का वडाध्यक्ष सिमबहादुर गुरुङले जानकारी दिनुभयो ।

सांसद भट्टराईको साथमा जनप्रतिनीधिहरु र स्थानीय सरोकारवाला उपभोक्ताहरुको उपस्थिति रहेको थियो।

Comments
Loading...