अमेरिकाको ४६ औं राष्ट्रपतिमा बाइडेन विजयी, पछारिए ट्रम्प

एजेन्सी । २९० इलेक्टोरल कलेज मतका साथ अमेरिकी राष्ट्रपतिमा जो बाइडेन विजयी भएका छन्। पेन्सिलभेनियामा विजयी भएपछि बाइडेन ४६ औं अमेरिकी राष्ट्रपतिको रुपमा विजयी भएका हुन्।

जर्जियामा पनि बाइडेनको अग्रता कायम रहेका कारण बाइडेनले अझै धेरै इलेक्टोरल कलेज मत ल्याउने देखिएको छ।औपचारिक रुपमा विजयी घोषणा गर्न बाँकी रहे पनि अहिलेसम्मको मत परिणाम अनुसार बाइडेनलाई विजयी घोषणा गरिएको हो।

इलेक्टोरल कलेजहरुले आगामी डिसेम्बरमा बाइडेनलाई औपचारिक रुपमा अमेरिकाको राष्ट्रपतिमा निर्वाचित गर्नेछन्। अमेरिकी राष्ट्रपतिमा निर्वाचित हुनका लागि कम्तीमा २७० इलेक्टोरल कलेज मतको आवश्यकता पर्छ।

तर राष्ट्रपति तथा रिपब्लिकन पार्टीका उम्मेदवार डोनाल्ड ट्रम्पले पराजय स्वीकार गरिसकेका छैनन्। उनीसँग अहिलेसम्म २१४ इलेक्ट्रोल कलेज रहेको छ। दोस्रो विश्वयुद्धपछि दोस्रो कार्यकालमा लागि निर्वाचित हुन नसक्ने ट्रम्प तेस्रो राष्ट्रपति बनेका छन्।

Comments
Loading...