लेकसाइडको लेभल्स क्लबको प्रथम वार्षिकोत्सव : कालरात्री ब्याड सहितको विशेष प्रस्तुती हुँदै

हिमाली आवाज । म्याग्दीका युवा व्यवसायी अमित रोकाले पर्यटकीय नगरी पोखराको लेकसाइडमा सञ्चालन गर्नुभएको लेभल्स क्लवले आगामी शनिबार पहिलो वार्षिकोत्सव मनाउने भएको छ ।

यही मङ्सिर २७ गते वार्षिकोत्सवको अवसर पारेर क्लवले कालरात्री ब्याण्ड, गायक चन्द्र पुन, नेशन पुन र सम्बोज मल्लको सांस्कृतिक प्रस्तुति आयोजना गरेको छ । कालरात्री ब्याण्डमा बेनीका युवा कलाकारहरु आवद्ध छन् । चन्द्र पुन घोडेपानी डाडैमा लगायत लोकप्रिय लोक पप गितका गायक हुनुहुन्छ ।

नेशन पुन नेपाल आइडलको टप फाइभमा पुगेका कलाकार हुन् । उकाली जाँदा, गोरी सुनरे लगायत गितका गायक सम्बोज युवा पुस्तामा रुचाइएका कलाकारको पहिचान बनाउनुभएको छ ।

बेनी नगरपालिका –३ भकिम्लीका पुनले पोखरा घुम्न जाने युवा पुस्ताका आन्तरिक र विदेशी पर्यटकहरुलाई लक्षित गरेर लेकसाइडमा लेभल्स क्लव सञ्चालन गर्नुभएको एक वर्ष पुगेको छ । यो लेकसाइटको हल्लनचोक नजिकै छ ।

रेष्टुरेन्ट सहितको डिस्कोमा विभिन्न परिकारको स्वादसंगै सांगितिक माहोलमा रमाउन पाइन्छ । डिजे र कलाकारको लाइभ प्रस्तुति हुन्छ । पोखराका स्थानीय ब्याडको नियमित प्रस्तुति हुने गर्छ । बेला बेलामा राष्ट्रिय कलाकारलाई समेत ल्याउने गरेको सञ्चालक रोकाले बताउनुभयो । क्लवमा अत्याधुनिक बाद्यबाधनका सामग्रीहरुको व्यवस्थापन गरिएको छ । नाच्नका लागि हल छ ।

पर्यटकहरुलाई सांगितिक माहोलमा रमाउने वातावतरणका लागि क्लव सञ्चालन गरेको रोकाले बताउनुभयो । बेनी नगरपालिका–३ भकिम्लीमा जन्मिएका रोका विदेशबाट फर्किएर नेपालमै ब्यवसाय गर्दै आउनुभएको छ ।

यसअघि पोखरामा साझेदारहरुसँग मिलेर क्लव सञ्चालनको अनुभव हासिल गरेका रोकाले आफ्नो एकल ब्यवसाय शुरु गर्नुभएको हो । क्लवमा करिब ६० जनाले प्रत्यक्ष र अप्रत्यक्ष रोजगारी पाएका छन् । ग्राहकबाट साथ र सहयोगको निरन्तरता पाउनेमा उहा विश्वस्त हुनुहुन्छ ।

Comments
Loading...