हिमाली आवाज । आन्तरिक पर्यटन प्रवद्र्धनको उद्देश्यका साथ नेपाल पर्यटक यातायात व्यवसायी संघ(एनटिभिए) गण्डकी प्रदेशको आयोजनामा पोखराबाट बुधबार निस्कीएको प्रवद्र्धन टोली टोली आज बाग्लुङको पर्यटकीयस्थल ढोरपाटन आइपुुगेको छ ।
आन्तरिक पर्यटन प्रवद्र्धनसँगै पर्यटकीय साझेदारी एवम् गन्तव्यस्थलहरूको स्थलगत अवलोकनका लागि ४५ सदस्यीय टोली तीन दिने कार्यक्रमका साथ प्रवद्र्धनात्मक भ्रमणमा निस्कीएको संघका गण्डकी प्रदेश अध्यक्ष दुर्गादत्त दहालले जानकारी दिनुुभयो ।
अध्यक्ष दाहाल नेतृत्वको टोलीमा नेपाल पर्यटन बोर्ड गण्की प्रदेशका बरिष्ठ अधिकृत युवराज गुरुङ, संघका सल्लाहकार एवम् पूर्व अध्यक्ष बोबरजंग गुुरुङ, निवर्तमान अध्यक्ष बाबुराम पाण्डे, पोखरेली ट्याक्सी सेवा प्रा.लि.का अध्यक्ष शोभाकान्त पौडेल लगायत पर्यटन सम्बद्ध क्षेत्रका व्यवसायी र सञ्चारकर्मी रहनुुभएको छ ।
गण्डकी प्रदेश भित्रका पर्यटकीय गन्तव्यहरूको प्रवद्र्धनसँगै त्यहाँका पर्यटन व्यवसायीबीच एक आपसमा पर्यटकीय साझेदारी बढाउने उद्देश्यका साथ कार्यक्रम आयोजना गरिएको अध्यक्ष दाहालले बताउनुुभयो ।
कार्यक्रमकै क्रममा नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेश र नेपाल पर्यटक यातायात व्यवसायी संघ(एनटिभिए) गण्डकी प्रदेशको संयुक्त आयोजनामा बुधबार बाग्लुङमा कास्की, बाग्लुुङ, पर्वत र म्याग्दी जिल्लाका यातायात व्यवसायीलाई पर्यटक आतिथ्यता, गर्नुुपर्ने पर्यटनमैत्री व्यवहार, यातायात सम्बद्ध ऐन नियम आदिबारे अभिमुखीकरण गराइएको संघका प्रथम उपाध्यक्ष एवम् कार्यक्रम संयोजक रविप्रसाद आचार्यले जानकारी दिनुुभयो ।
प्रवद्र्धन टोलीले ढोरपाटनमा यहाँका पर्यटकीय गन्तव्यसँगै धार्मिक पर्यटकीय महत्वको उत्तरगंगा ढोरबराह लगायत स्थानको स्थलगत अवलोकनसँगै यहाँका पर्यटन व्यवसायीसँग ढोरपाटनका पर्यटकीय सम्भावना, साझेदारी लगायतमा छलफल गरेको उहाँले बताउनुुभयो । पर्यटन क्षेत्रको विकासका लागि गन्तव्यस्थलहरूको प्रवद्र्धन आवश्यक भएको नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेशका बरिष्ठ अधिकृत युवराज गुरुङले बताउनुुभयो ।
गन्तव्य स्थलहरूको प्रवद्र्धनसँगै बहुसरोकारवाला निकायबीच समन्वय र सहकार्य आवश्यक हुने कुरामा जोड दिदै उहाँले स्थानीय पर्यटन व्यवसायीमा पनि क्षमता अभिबृद्धि पनि आवश्यक भएको उहाँको भनाइ छ ।

