बागमारामा रोयल डिपार्टमेन्टलको चौथो शाखा

हिमाली आवाज । पोखराको मुख्य बजार क्षेत्र चिप्लेढुंगा पोखरा मलमा विसं २०७२ सालमा सञ्चालनमा आएको रोयल डिपार्टमेन्टल स्टोर्स प्रा.लि.ले आफ्नो चौथो शाखा पोखरा ३३ वागमारामा खोलेको छ ।

पोखरा महानगरपालिका वडा नंं ३३ का अध्यक्ष शिवप्रसाद आचार्यले उद्घाटन गर्दै स्टोर्सले स्थानीय किसानले उत्पादन गरेका वस्तुहरुको उचित मुल्यमा खरिद गरी अन्य शाखाहरुबाट बिक्री वितरणमा सहयोग गर्नुपर्ने बताउनुभयो ।

विभिन्न स्थानिय संघसंस्था, आमा समुह, टोलविकास संस्थाका प्रतिनिधिहरुको उपस्थिति रहेको सो कार्यक्रममा स्टोर्सका अध्यक्ष कृष्णप्रसाद काफ्लेले आफुहरु कमाउन मात्रै नभई सेवा दिनकोलागि आएको वताउँदै सबै स्टोर्सहरुका मुल्य एउटै रहेको बताउनुभयो ।

स्टोर्सका विरौटा र प्रस्याङचोकमा अन्य शाखा संचालनमा रहेका छन् । कार्यक्रमममा सञ्चालक राजकुमार शर्मा र माधव प्रसाद तिमिल्सिनाले पनि स्थानीयलाई सेवा दिनु आफूहरुको उद्धेश्य रहेको बताउनुभयो ।

Comments
Loading...