पोखराबेसी सहकारीको साधारणसभा,रेडक्रसलाई आर्थिक सहयोग

गणेश पहारी । पोखरा महानगर पालिका–२ बागलुङ बसपार्क मा अवस्थित पोखराबेसी बहुउद्देश्यीय सहकारी संस्थाको दोस्रो साधारण सभा आज सम्पन्न भएको छ ।

अधिबेशनको उद्घाटन गर्दै पोखरा महानगर पालिका सहकारी समितिका अध्यक्ष तेजनारायण अधिकारीले सहकारीको महत्व दुरदराज गाउँका मानिसहरुमा शहर बजारको भन्दा बढी रहेको बताउनुभयो ।

“गाउँघरमा छोरा छोरी पढाउन देखी विदेश पठाउन पनि सहकारीको भर पर्नुपर्ने अवस्था छ । सहकारीले आफ्ना सदस्यहरुको सहयोगका लागि नयाँ योजना ल्याउनुु आवश्यक छ ।” उहाँले भन्नुभयो ।

नेपाल रेडक्रस सोसाइटी कास्की शाखाका अध्यक्ष डोलराज पाण्डेले सहकारीले निम्न आर्थिक स्तर भएका सदस्यहरुको जिवन स्तर उकास्न सके मात्र सहकारीको महत्व बढ्ने बताउनुभयो ।

सहकारीका अध्यक्ष नारायण पहारीले सहकारीले सदस्यहरुको मनो भावना अनुरुप नै काम गरेको बताउदै, सदस्यहरुको आर्थिक स्तर बृद्धि गर्ने, नयाँ कार्यक्रमहरु ल्याइने बताउनुभयो ।

सहकारीको माध्यमबाट गाउँको र शहरको सम्वन्ध जोड्ने र गाउँको उत्पादनलाई शहरमा ल्याइ शहरको पूँजीलाई गाउँमा लैजानुका साथै शहरमा बस्ने व्यक्तिहरुलाई सुलभ र स्वस्थ बस्तु उपभोग गर्ने बाताबरण सृृजना गरी सदस्यहरुलाई सुःखी र समृद्ध बनाउने परिकल्पना गरिएको पहारीले बताउनुभयो ।

विसं २०७५मा स्थापना भएको सहकारीमा ३ करोड ८७ लाख ८० हजार शेयर पूँजी रहेको छ । ५ करोड ८८ लाख ४७ लाख भन्दा बढी लगानी गरेको सहकारीमा हालसम्म ९६७ जना शेयर सदस्य रहेका छन ।

सहकारीले समाजिक उत्तरदायित्व अन्र्तरगत नेपाल रेडक्रस जिल्ला शाखा कास्कीलाई पाँच हजार ५सय ५५ रुपैया नगद र जनजाग्रति मावि १८ लाई केही थान मास्क सहित सेनिटाइजर सहयोग प्रदान गरेको थियो ।

सदस्य रिता नापितले सात सिद्धान्त गर्नुभएको साधारणसभाको सञ्चालन उपाध्यक्ष दयाल गिरीले गर्नुभएको थियो । अध्यक्ष पहारीको अध्यक्षतामा भएको कार्यक्रममा सल्लाहकार दिवसमान प्रधानाङ्ग जनजाग्रति माविका प्रधानध्यापक हेम बहादुर थापा, मित्रमिलन सहकारीका अध्यक्ष रमन पौडेल, पोखरा महानगर पालिका वडा न २ का अध्यक्ष रामेश्वर मल्ल, लेखा संयोजक प्रेमराज पहारी,ऋण समितिका संयोजक गजेन्द्र बहादुर भारी लगाएतका सहकारीले खेल्नुपर्ने भूमिकाका बारेमा भनाई राख्नुभएको थियो ।

कार्यक्रममा सहकारीलाई सहयोगर्ने, असल ऋणी, नियमित बचत कर्ता र असल कर्मचारी लाई सम्मान गरिएको थियो । सभाले सचिब कृष्णप्रसाद तिमिल्सिनाको प्रगति प्रतिबेदन र कोषाध्यक्ष राजु बरालले प्रस्तुत गरेको आर्थिक प्रतिबेदन सभामा सर्वसम्मत पारित गरेको छ ।

Comments
Loading...