पोखरा पर्यटन परिषदको अध्यक्षमा भट्टराई निर्वाचित

हिमाली आवाज । पोखरा पर्यटन परिषदको अध्यक्षमा गोपी बहादुर भट्टराई निर्वाचित हुनुभएको छ ।

परिषदको शुक्रबार सम्पन्न ११ औं अधिवेशनले भट्टराईको अध्यक्षतामा ११ सदस्सीय कार्यसमिति सर्वसम्मत चयन गरेको हो ।

परिषदको उपाध्यक्षमा पोमनारायण श्रेष्ठ, महासचिवमा रामचन्द्र शर्मा, सचिवमा तारानाथ पहारी र कोषाध्यक्षमा कृष्ण काफ्ले चयन हुनुभयो ।

सदस्यमा लक्ष्मण सुवेदी र शोभाकान्त पौडेल चयन भएको जनाइएको । बाँकी २ सदस्य भने कार्यसमिति बैठकले पछि चयन गर्ने जनाइएको छ ।

Comments
Loading...