चिनियाँ रक्षामन्त्री भोलि नेपाल आउँदै

काठमाडौँ । चिनियाँ रक्षामन्त्री एवं पहिलो बरियताका स्टेट काउन्सिलर जनरल वेइ फेङ्गे औपचारिक औपचारिक भ्रमणमा नेपाल आउँदैछन् । एकदिनको लागि वेइ फेङ्गे आइतबार अर्थात भोलि नेपाल आउन लागेका हुन् ।

परराष्ट्र मन्त्रालयले शनिबार एक विज्ञप्ति जारी गर्दै जनरल वेइ फेङ्गेको नेपाल भ्रमणको बारेमा औपचारिक जानकारी दिएको छ । परराष्ट्र मन्त्रालय र रक्षामन्त्रालयले चिनियाँ रक्षामन्त्रीको भ्रमणको तयारी तीब्र पारेका छन् ।
नेपाल आएकै दिन वेइ फेङ्गेले राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री एवं रक्षामन्त्री केपी शर्मा ओली र प्रधानसेनापति पूर्णचन्द्र थापासँग भेटवार्ता गर्ने परराष्ट्र मन्त्रालयले जनाएको छ ।
चिनियाँ रक्षामन्त्री वेइ फेङ्गे नेपाल र चीनबीच कुटनीतिक सम्बन्ध स्थापनाको ६५ औं वर्षगाँठ मनाउने सिलसिलामा नेपालको भ्रमण गर्न लागेका हुन् ।

Comments
Loading...