प्रधानमन्त्री कप क्रिकेटका लागि कास्कीबाट महिला खेलाडी छनोट

हिमाली आवाज । प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगिताका लागि कास्कीबाट महिला खेलाडी छनोट गरिएको छ ।

लुम्विनी प्रदेशको दाङमा आयोजना हुने प्रतियोगिताका लागि कास्की जिल्ला क्रिकेट सङ्घले आज तीन वैकल्पिक सहित १७ जना खेलाडी छनोट गरेको हो ।

कास्की जिल्लाबाट छनोट भएका खेलाडीमा सृष्टी पौडेल, सृजना पौडेल, एलिशा क्षेत्री, गङ्गा लुयाली, प्रमिला बाँनिया, शिला रेग्मी,धन छन्त्याल, स्मृति गुरुङ, प्रतिमा बानियाँ, विन्दु थापा मगर, त्रिष्ना देवकोटा, मिसेल परियार, प्रतिक्षा सुवेदी र स्मृति कुँबर छनोट हुनुभएको सङ्घका जिल्ला अध्यक्ष सञ्जयकान्त सिग्देलले जानकारी दिनुभयो ।

यसैगरि वैकल्पिक खेलाडीहरुमा एलिना सुनार, सुरक्षा क्षेत्री र अनुष्का बराल हुनुहुन्छ । खेलाडी छनोट गर्न मङ्सिर २२ देखी छनोट ‘क्याम्प’ आयोजना गरिएको र जिल्लाबाट छनोट भएका खेलाडीहरु पुस १ देखी पोखरामा सञ्चालन हुने प्रदेशस्तरीय छनोट प्रतियोगितामा सहभागी हुने सिग्देलको भनाई छ ।

प्रदेशस्तरबाट छनोट भएका खेलाडीहरुले आगामी पुस ११ देखी सञ्चालन हुने प्रधानमन्त्री कपमा स्पर्धा गर्नेछन् ।

Comments
Loading...