पोखराका पत्रकार लौडारीलाई पितृशोक

हिमाली आवाज । नेपाल प्रेस युनियन गण्डकी प्रदेश पार्षद् हिमनिधि लौडारीलाई पितृशोक परेको छ । उहाँका पिता गंगाराम लौडारीको ८७ बर्षको उमेरमा शनिबार निधन भएको हो ।यसैबीच नेपाल प्रेस युनियन कास्कीले लौडारी परिवारमा परेको पितृशोक प्रति दुःख व्यक्त गरेको छ ।

अध्यक्ष नवीन सिग्देल र सचिव प्रदिप पौडेलद्वारा जारी विज्ञप्तिमा दिवंगत आत्माको चिरशान्तिको कामना गर्दै शोक सन्तप्त परिवारजनमा समवेदना व्यक्त गरिएको छ ।

उच्च रक्तचापको कारण पीडित लौडारीलाई उपचारको लागि अस्पताल लैजाने क्रममा निधन भएको परिवार श्रोतले बताएको छ ।

तनहु जिल्ला भानु नगरपालिका वडा नं १० लामास्वाँरा निवासी स्व गंगाराम लौडारीका श्रीमती , दुई छोरा पत्रकार हिमनिधि लौडारी र भरत लौडारी , दुई बुहारी , दुई छोरी र ८ जना नातिनातिना छन् ।

जेठा छोरा हिमनिधि हिमदूत दैनिकका प्रबन्ध सम्पादक, जेठी बुहारी रबीना आले लौडारी प्रेस युनियन कास्कीकी उपाध्यक्ष एवं रेडियो तरंगकी स्टेसन मेनेजर र अर्का छोरा भरत लौडारी प्रेस युनियन कास्कीका साधारण सदस्य हुनुहुन्छ ।

Comments
Loading...