सहकारीले ३० प्रतिशत पूँजी उत्पादनमा लगाउनै पर्दछ :सभापति कोइराला

हिमाली आवाज । गण्डकी प्रदेश सभाका सदस्य एवं अर्थ तथा विकास समितिका सभापति दीपक कोइरालाले सहकारीले लगानी गर्दा उत्पादनको क्षेत्रमा गर्नुपर्ने बताउनु भएको छ ।

शनिबार पोखरामा रहेको परामर्श बचत तथा ऋृण सहकारी संस्थाको सातौं बार्षिक साभारण सभाको उद्घाटन गर्देै सो कुरा बताउनु भएको हो ।समाज रुपान्त्रणमा सहकारीको भुमिका रहने बताउदै सहकारीलाई व्यवस्थित बनाउन सरकारले मर्ज अभियान शुरु गरेको बताउनु भयो ।

अब धेरै सहकारी भन्दा पनि गुणस्तरीय सहकारी आबश्यक रहेको उहाँको भनाई थियो । कोइरालाले गण्डकी प्रदेश सरकारले बचत तथा ऋण सहकारीले अनिवार्य ३० प्रतिशत लगानी उत्पादनको क्षेत्रमा गर्नुपर्ने नीति ल्याएर अहिले कार्यान्वयनको चरणमा रहेको जानकारी दिनुभयो ।
साधारण सभाले सहकारीका अध्यक्ष तोयराज गिरीले प्रस्तुत गर्नुभएको अध्यक्षको प्रतिवेदन कोषाध्यक्ष नविन ढकाल क्षेत्रीको कोषाध्यक्षको प्रतिवेदन, प्रकाश आचार्यले प्रस्तुत गर्नुभएको लेखा समितिको प्रतिवेदन पारित गरेको छ ।

कार्यक्रममा जन उपभोक्ता सहकारी अध्यक्ष रामकृष्ण ढुङगाना, डल्फिन सहकारी पूर्व अध्यक्ष राजकुमार दुलाल, यातायात ब्यावसायी भानुभक्त अधिकारीले साधारण सभामा एक बर्षको समिक्षा गर्ने दिन भएको बताउनु भयो ।

कार्यक्रममा सहकारीका उपाध्यक्ष सुरेशराज पाण्डले स्गावगत मन्तब्य राख्नु भएको कार्यक्रममा स्नेहा गुरुङले सहकारीको सात सिद्धान्त र कार्यक्रमको सञ्चालन सचिव मोहन सुवेदीले गर्नुभएको थियो ।

Comments
Loading...