किसान जागरण सहकारीको अध्यक्षमा मोतिराम बराल

हिमाली आवाज ।किसान जागरण बहुमुखी सहकारी संस्था लि.पोखरा ७ मासबारको २१ औं वार्षिक साधारणसभा सम्पन्न भएको छ ।

कोरोना महामारीका कारण सबै एकै ठाउँमा एकैदिन भेला भई साधारणसभा गर्न नसकिने भएको हुँदा ६ दिनमा पालैपालो सदस्य उपस्थित गराई साधारणसभा सम्पन्न गरिएको संस्थाका सचिव शिव प्रसाद बरालले जानकारी दिनुभयो । साथै यसै साधारणसभा मार्फत नयाँ संचालक समिति समेत चयन गरिएको छ ।

पुस ५ गते आइतबारदेखि दैनिक रुपमा सीमित शेयर सदस्यहरुको उपस्थिति गराई पुस १० गतेका दिन नयाँ कार्यसमिति चयन गरी कार्यक्रम सम्पन्न गरिएको थियो ।

केशव राज बराल संयोजक तथा शशीकला बराल, दुर्गादत्त न्यौपाने, लिलाभक्त बराल र दामोदर बराल रहने गरी ५ सदस्यीय निर्वाचन कमिटी गठन गरि निर्वाचन प्रकृयाबाट अध्यक्षमा मोतिराम बराल, उपाध्यक्षमा लेखबहादुर केसी, सचिवमा शिव प्रसाद बराल, कोषाध्यक्षमा देवेन्द्रराज लम्साल, सदस्यहरुमा दिपक कार्की, इन्दिरा बराल, दुर्गा पराजुली, तारा पौडेल र मैया गिरी, त्यसैगरी लेखासमिति संयोजकमा निर्मल खत्री र सदस्यहरुमा अनिरुद्र बराल र राजकुमारी थापालाई सर्वसम्मत रुपमा चयन हुनुभएको छ । निर्वाचित संचालक समिति तथा लेखा समितिका पदाधिकारीहरुलाई निर्वाचन संयोजक केशवराज बरालले सपथ गराउनु भएको थियो भने निर्वाचन कार्यक्रमको संचालन सदस्य दामोदर बरालले गर्नुभएको थियो ।

यसअघि पुस ६ गते भएको साधारणसभाको उद्घाटन संस्थाका संस्थापक अध्यक्ष दुर्गादत्त न्यौपानेले गर्नुभएको थियो । उक्त अवसरमा जेष्ठ महिला सदस्य धन कुमारी गिरी, जेष्ठ पुरुष सदस्य डण्डराज शर्मा, असल बचत कर्ता कृष्ण कुमारी बराल, असलऋणी सदस्य राजु कार्की, पूर्व संचालक उमा कोइरालालाई सम्मान गरिएको थियो ।

त्यसैगरी विभिन्न समयमा भएका बाल प्रतियोगितामा विजयी हुने आकाश पौडेल, सुजल अधिकारी, स्वर्णिम बराललाई समेत पुरस्कार वितरण गरिएको थियो । संस्थाका अध्यक्ष मोतिराम बराललको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रमको संचालन सचिव शिव प्रसाद बरालले गर्नुभएको जानकारी संस्थाका सदस्य इन्दिरा बरालले दिनुभयो ।

Comments
Loading...