मन्त्रिपरिषद् विस्तार खारेज गर्न माग गर्दै सर्वाेच्चमा रिट

काठमाडौँ । प्रतिनिधिसभा विघटनपछिको काम चलाउ सरकारका प्रधानमन्त्रीले मन्त्रिपरिषद् विस्तार गरेको भन्दै सर्वाेच्चमा आज रिट दर्ता भएको छ। तत्काल मन्त्रिपरिषद् विस्तारलाई रोक्न माग गर्दै अधिवत्ताहरू लोकेन्द्र ओली, केशरजंग केसी र दिनेश लामिछानेले रिट दर्ता गर्नुभएको हो ।

‘प्रतिनिधिसभा विघटन पछि काम चलाउ सरकारका प्रधानमन्त्रीले मन्त्रिपरिषद् विस्तार गरेपछि रिट दर्ता गरेका छौँ,’ अधिवक्ता लोकेन्द्र ओलीले भन्नुभयो,‘प्रतिनिधिसभा नभएको अवस्थामा संविधान भन्दा बाहिर गएर गरिएको मन्त्रिपरिषद तत्काल बदरको माग गरेका छौँ। रिटको पेसी पुस १५ गतेलाई तोकिएको छ।’

ओलीले संविधानको धारा ७७ (१) ले प्रतिनिधिसभा सदस्य नभएको व्यक्ति प्रधानमन्त्री हुन नसक्ने र अहिलेका प्रधानमन्त्री प्रतिनिधिसभा सदस्यसमेत नभएको अवस्थामा मन्त्रिपरिषद् विस्तार गर्न नसक्ने जिकिर गरिएको छ ।

Comments
Loading...