कास्की पोखरा हस्तकला संघमा रामकली खड्का निर्वाचित

हिमाली आवाज । कास्की पोखरा हस्तकला संघको अध्यक्षमा रामकली खड्का सर्वसम्मत निर्वाचित हुनुभएको छ ।
शनिबार एक कार्यक्रमकाबीच संघको १० औँ साधारणसभा तथा तेस्रो अधिवेशनले अध्यक्ष खड्कासहित ९ जनाको कार्यसमिति गठन गरेको हो ।
संंघको उपाध्यक्षमा सीता गुरूङ, सचिवमा बुद्धि पुर्जा र कोषाध्यक्षमा गोमा ढकाल चयन हुनुभएको छ ।यसैगरी सदस्यहरुमा मिम राना मगर, रजनी कोइराला, पम्फा थापा, देवकी बराल र मिरा पौडेल चयन हुनुभएको छ भने संघको सल्लाहकारमा चित्रकार मिलन शेरचन र कृष्णगोपाल प्रधान चयन हुनुभएको छ ।

पछिल्लो समय हस्तकलाका सामानको माग बढी रहेको भन्दै यस क्षेत्रमा सम्बन्धित निकायले विशेष चासो दिनुपर्ने कार्यक्रमका प्रमुख अतिथि पोखरा उद्योग वाणिज्य संघका पुर्वअध्यक्ष दिपक श्रेष्ठले बताउनुभयो ।

‘हस्तकला एक सृजनात्मक क्षेत्र हो, यसलाई प्रवद्र्धन गर्दै बजारीकरणमा भने विशेष पहल गरिनुपर्छ, श्रेष्ठले भन्नुभयो, यसमा पोखरा उद्योग वाणिज्य संघले विभिन्न सहयोग गर्दै आएको र भावी समयमा पनि सहयोग गर्ने छ ।’

कार्यक्रममा बोल्दै संघका निवर्तमान अध्यक्ष हिरा भट्टराईले कास्कीमा छरिएर रहेका हस्तकला उद्यमीहरूलाई एकीकृत गरि स्थानीय श्रोत साधनको उपयोग गर्ने हेतुले संघको स्थापना गरिएको बताउनुभयो ।

Comments
Loading...