साताअघि बेपत्ता पोखराका युवाको शव फेवातालमा तैरिएको अवस्थामा फेला

हिमाली आवाज । पोखरामा आज एक युवाको शव फेवातालमा तैरिएको अवस्थामा फेला परेको छ ।

गत पुस २२ गते अन्दाजी १३ः२० बजेको समयदेखी बेपत्ता पोखरा महानगरपालिका वडा नं.२२ पुम्दिभुम्दी बस्ने वर्ष २५ वर्षीय सन्तोष परियारको शव फेवातालमा तैरिएको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।

सोही वडाको चिहान डाडामा पिकनिक खान गएकोमा कसैलाई नभनी गएका परियार अबेर सम्म नआएपछी प्रहरी टोली खटिई  खोजतलासको क्रममा चिहान डाडा स्थित पिकनिक खाना गएको ठाउबाट अन्दाजी ३०० मिटर पश्चिम तर्फ फेवातालमा शव तैरिरहेको अवस्थामा फेला परेको, गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराले जनाएको छ । घटनाका विषयमा थप अनुसन्धान भईरहेको बताइन्छ ।

Comments
Loading...