पोखरामा पनि सुजुकी डिजायर नयाँ प्रिमियमको बुकिङ खुला

हिमाली आवाज । सुजुकी गाडीको गण्डकी धौलागिरी क्षेत्रको आधिकारिक बिक्रेता बतास व्रदर्श प्रालिले यस क्षेत्रमा पनि सुजुकी सेडान डिजायरको नयाँ प्रिमियमको बिक्री शुरु भएको जनाएको छ ।

नेपालकै बेस्ट सेलिङ दावी गरिएको सेडान डिजायरको नयाँ संस्करण सार्वजनिक भएपछि पोखरा लगायत यस क्षेत्रमा पनि बिक्री शुरु भइसकेको कम्पनीले जनाएको छ ।

सुजुकी डिजायर सन् २०२१ डिजायरमा नयाँ बम्पर र ग्रिल डिजाइनसहितको बोल्ड र स्टाइलिस फ्रन्ट फेसिया र आधुनिक वुड फिनिस इन्टेरियर रहेको बताइन्छ ।

बतास ब्रर्दश सुजुकीका बिक्री प्रवन्धक नवराज अधिकारीले सुजुकी डिजायरको पहिलो पुस्ता एक दशकअघि नेपाली बजारमा आएको र यसको उत्कृष्ट विशेषताले नेपालमा सबैभन्दा मन पराइको गाडी बन्न सफल भएको बताउनुभयो ।

उहाँले अहिले बजारमा आएको सुजुकी डिजायर प्रिमियम पनि आइडल स्टार्ट–स्टप टेक्नोलोजी (आईएसएस) भएको नेक्स्ट जेन के सिरिज इन्जिन, नयाँ इन्टेरियर र एड्भान्स्ड फिचर रहेको जानकारी दिनुभयो । २०२१ डिजायरको फ्रन्ट फेसियालाई परिस्कृत गरी बोल्ड र स्टाइलिस बनाइएको छ । तल्लो बम्परमा प्रयोग भएको प्रिमियम सिंगल एपेर्चल फ्रन्ट ग्रिल र बोल्ड क्रोम एक्सेन्टले नयाँ डियाजरको रोड प्रेजेन्सलाई दमदार बनाइदिएको दावी गरिएको छ।

२०२१ डिजायरमा ट्विन पड मिटर क्लस्टर र नयाँ १०.६७ सेन्टिमिटरको मल्टि इन्फर्मेसन टीएफटी डिस्प्ले प्रयोग गरिएको छ । यसमा प्रयोग भएको मोर्डन वुडन फिनिसले कारको डोर र इन्स्ट्रयुमेन्ट प्यानललाई नेचुरल ग्लस फिनिस दिएको छ । नयाँ डुअल टोन सिटले क्याबिनको आकर्षणलाई बढाएको छ ।

नयाँ डिजायरमामा पर्याप्त स्पेस र उत्कृट सुरक्षा व्यवस्था रहेको छ । एजीएस भेरिएन्टमा इलेक्ट्रोनिक स्ट्याबिलिटी प्रोग्राम र हिल होल्ड फंक्सन रहेकोे छ जसले गाडीबाट चिप्लनबाट बचाउनुका साथै उकालोमा रोकिनु परेको अवस्थामा सहज रुपमा गाडीलाई पिक लिन मद्दत गर्छ ।

यसमा फ्रन्ट र रियर दुवै ब्रेक ठूलो आकारको रहेको छ जसले गर्दा बे्रकिङ सजिलो बनाउनुका साथै ब्रेकको आयु पनि बढाउँछ । साथै, नयाँ डिजायरको सबै भेरियन्टमा डुअल एअर ब्याग, प्रिटेन्सनर फोर्स लिमिटर सिट बेल्ड, चाइल्ड सिट रिस्टे«न सिस्टम र इबीडीसहितको एबीएस रहेको छ ।

हार्टटेक्ट प्ल्याटफर्मको पाँचौ पुस्तामा तयार गरिएको नयाँ २०२१ डिजायर फ्रन्टर अफसेट, साइड इम्प्याक्ट र पेडेस्ट्रिय रेगुलेसनमा आधारित छ । यसको माइलेज २३.२६८ किलोमिटर प्रतिलिटर छ ।

नेपाली बजारमा डिजाइर भीएक्सआईको मूल्य ३४ लाख २९ हजार रुपैयाँ र डिजाइर जेडएक्सआईको मूल्य ३७ लाख ७९ हजार रुपैयाँ रहेको कम्पनीले जनाएको छ ।

Comments
Loading...