पोखरामा पहिलोपटक ‘बक्स क्रिकेट’ प्रतियोगिता सञ्चालन हुने

हिमाली आवाज ।
माछापुच्छ«े क्रिकेट एकेडेमीको आयोजनामा आगामी फागुन १ देखी ४ गतेसम्म पोखरामा ‘खुला बक्स क्रिकेट’ प्रतियोगिता सञ्चालन हुने भएको छ ।

एकेडेमीले पोखरामा पत्रकार सम्मेलन आयोजना गरी बक्स क्रिकेटप्रति आकर्षण बढाउन र देशका लागि आवश्यक राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरका खेलाडी उत्पादनको लक्ष्य सहित प्रतियोगिता गर्न लागिएको एकेडेमीका सञ्चालक अरुण पौडेलले बताउनुभयो । प्रतियोगिता लेखनाथस्थित तालचोक मैदानमा हुनेछ ।

बक्स क्रिकेट प्रतियोगिताबाट खेलाडीको सीप र क्षमता विकासमा मद्धत पुग्ने पूर्व राष्ट्रिय क्रिकेट खेलाडी एवं एकेडेमीका प्रमुख प्रशिक्षक दीपेश खत्रीले जानकारी दिनुभयो । प्रतियोगितामा १६ टोलीले सहभागिता जनाउने विश्वास आयोजकको छ । खेल सात ओभर र सात खेलाडी सहभागी हुनेछन् ।

छिमेकी मुलुक भारत लगायतका देशमा बक्स क्रिकेट विकास भएपनि नेपालमा यस खेलको खासै विकास नभएकाले खेलको प्रवद्र्धनमा प्रतियोगिताले सघाउने विश्वास आयोेजकको छ ।

कार्यक्रममा खेलकूद पत्रकार मञ्च गण्डकीका अध्यक्ष एकराज गिरीले लेखनाथ क्षेत्रमा समेत खेल गतिविधि बढेकामा खुःशी व्यक्त गर्दै क्रिकेटको नयाँ प्रतियोगिता बक्स क्रिकेटको आकर्षण बढाउनुपर्नेमा जोड दिनुभयो ।

बक्स क्रिकेट भनेको सप्ट बल अर्थात टेनिस बलले खेलिने खेल हो । यो सामान्य क्रिकेट भन्दा केहि भिन्न हुन्छ । बक्स क्रिकेटका केहि नियम भने फरक रहेका छन् । उक्त क्रिकेटमा सिधा अर्थात स्टे«ट प्रहार गरेको छक्का मात्र मान्य हुन्छ भने अन्य क्षेत्रमा गएको छक्का मान्य हुने छैन् । अन्य क्षेत्रमा फालिएको छक्का भने आउटमा गनिने छ ।

प्रतियोगिताका लागि हालसम्म १२ टिमले सहभागिता जनाइसकेको उनले आयोजकले जानकारी दिए । प्रतियोगिताको विजेताले नगद ३२ हजार र उपविजेताले १६ हजार रुपैँयाका साथमा ट्रफि प्राप्त गर्नेछन् ।

\प्रतियोगिताको उत्कृष्ट खेलाडीले नगद ५ हजार, उत्कृष्ट ब्याट्सम्यान र उत्कृष्ट बलरले समान दुई हजार पाँच सय रुपैँया प्राप्त गर्नेछन् । प्रतियोगिता संचालन गर्न करिब डेढलाख रुपैँया लाग्ने अनुमान गरिएको छ ।

 

Comments
Loading...