उच्च सुरक्षा सतर्कता सहित सरकार र विप्लव नेकपाबीच बालुवाटारमा वार्ता शुरु

काठमाडौँ । सरकार र नेत्र विक्रम चन्द नेतृत्वको ’विप्लव’ नेकपाबीच औपचारिक रुपमा वार्ता शुरु भएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा उच्च सुरक्षा सतर्कतासहित अहिले वार्ता भइरहेको स्रोतले जनाएको छ ।

वार्ताका लागि गृहमन्त्री रामबहादुर थापा बादल नेतृत्वमा सरकारी वार्ता टोली र खड्कबहादुर विश्वकर्माको नेतृत्वमा विप्लव समूहको वार्ता समिति गठन भएको छ ।
दुवै समूह अहिले बालुवाटारमा छलफलमा रहेका छन् ।

Comments
Loading...