माओवादीको केन्द्रीय कमिटी बैठक स्थगित, सर्वोच्च फैसलाको पुनरावलोकनमा जाने

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (माआवादी केन्द्र) को केन्द्रीय कमिटी बैठक केही दिनका लागि स्थगित भएको छ ।

सरकार निर्माणबारे अन्य दलसँग वार्ता गर्नुपर्ने र नेकपाको विवादमा सर्वोच्चको फैसलाको पुनरावलोकनमा जानुपर्ने भएकाले केही दिनका लागि बैठक स्थगित भएको माओवादीले जनाएको छ ।

बिहान ११ बजेपछि पार्टी कार्यालय पेरिसडाँडामा बसेको बैठकमा २० जना केन्द्रीय कमिटिका सदस्यले आफ्नो भनाइ राख्नुभएको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिनुभयो ।

हिजोको बैठकले स्थायी कमिटीको प्रस्ताव अनुसार अहिलेसम्म मन्त्री पदमा रहेका नेतालाई पद त्याग गरेर सरकारबाट फिर्ता हुन निर्देशन दिएको थियो ।

Comments
Loading...